Friday, July 11News That Matters

उदयपुरगढी र कटारीमा पनि मनाईयो धान दिवस

पूर्णपुष्टि, १५ असार ।
उदयपुरको उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा पनि २२ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । आईतबार असार पन्द्र सँगै धान दिवस मनाईएको हो । जिल्लाको उदयपुरगढी गाउँपालिकाको वडा नं ८ नेपालटार आसपासको खेतियोग्य जमिनमा उपस्थित भएर धान दिवस मनाईएको हो । पालिकाको कृषि विकास शाखाको आयोजना, साहस नेपाल र सगरमाथा कृषि समूह को समन्वयमा उक्त दिवस मनाईएको हो ।

दिवसमा पालिका उपाध्यक्ष जित बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत भक्त राई, कृषि बिकाश साखा प्रमुख लगायतको उपस्थिति रहेको थियो । यस्तै कटारी नगरपालिकाले पनि धान दिवस मनाएको छ । कृषि विकास शाखाको आयोजनामा धान दिवस मनाएको हो । दिवसमा मेयर राजेश चन्द्र श्रेष्ठ, उपमेयर गिता खड्का, इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला राई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेका थिए ।