
पूर्णपुष्टि, २४ भदौ ।
सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छ । सोमवार भएको जेन्जीका आन्दोलनमा युवाहरुको मागलाई सम्वोधन गर्नुका सट्टा उल्टै जेन्जी युवाहरुमा माथी गोली चलाएर १९ जनाको ज्यान लिएको भन्दै एमाले भित्रका युवाहरुले असन्तुष्टी जनाउँदै पार्टी त्याग्न थालेका छन् । एमाले त्याग्ने एमाले युवाहरुको जमात देशव्यापी रुपमा छन् । केहि युवाहरुले पार्टी त्याग्ने आँट गरेपनि केहिले भने पार्टी भित्रै बाट पनि विरोधका आवाजहरु निकाल्न सुरु गरेको छ । अनेरास्ववियुको निवर्तमान विदेश बिभाग प्रमुख तथा नेतृ स्मृति वरालले हिजै पार्टी त्यागेको घोषणा गरिन् । उनले आउँदो समय कुनै पनि जिम्मेवारीबाट आफु अलग हुँदै एमाले त्यागेको उनले घोषणा गरिन् ।
यता एनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक विश्दर्शन पराजुलीले पनि पार्टी परित्याग गरेको छ । मेरो पार्टी र मरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवा सँगै राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिन,“ उनले भनेका छन् । यस्तै गरी अर्का विद्यार्थी नेता निकेश गिरीले पनि अनेरास्ववियु छाडेको घोषणा गरे । उनि आफु पनि जेन्जी पुस्ता भित्रै पर्ने भएकाले सरकारले जेन्जीको माग पुरा गर्ला भन्दा उल्टै उनिहरुमाथी गोली प्रहार गरेको भन्दै अवको आउँदो समय जेन्जीको आन्दोलनमा सहभागी बन्ने र उनिहरु सँगै सहयात्रामा लागि पर्ने जनाए । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको सचिव रहेका गिरीले पार्टी र जिम्मेवारी त्यागेको घोषणा गरे ।
यस्तै उदयपुरका तिन युवाले पनि एमाले पार्टी त्यागेका छन् । युवा संघ १० वडाका पूर्व संयोजक हेम राई, १२ नं वडाका युवा नेतृत्व राज कुमार रोक्का र बेलका नगरपालिका वडा नं ६ का नवराज बस्नेतले पनि पार्टी त्यागेका हुन् । रोक्कले भनेका छन्, “ कलिला बालबालिकाको निर्मम हत्या, जे–न्जी पुस्ताको सत्य आन्दोलनमाथि गरिएको दमन र मेरो आफ्नै पार्टीमै नरसंहार गर्नेहरूको राज हेर्दा मेरो अन्तरात्मा चित्कार गर्छ । यस्तो अन्याय, अमानवियता र दमनलाई सहेर बस्नु देश र जनताको अपमान गर्नु हो। देशको इज्जत, जनताको रगत र सत्य हाम्रो पहिलो पहिचान हो—पार्टी होइन। त्यसैले म भारी मनले पार्टीको सदस्यता त्याग्दैछु।
यस्तै अर्का युवा नेतृत्व हेम राईले लेखेका छन्, पार्टी सदस्यलाई कर तिरेका देश त बिन्नास गर्नु पो रैछ आज बाट यो झुन्ड पाटिमा झुन्डको पछि लागिदैन । त्यस्तै बेलका बेलका ६ का नवराज वस्नेतले पनि पार्टी त्यागेको घोषणा गर्दै भनेका छन्“, आफ्नै पार्टी एमालेले विद्यार्थी भाइबहिनीहरूलाई गोली हानेर मारेको हुँदा यस पार्टीमा वस्न औच्तिय रहेन । यो सँगै उदयपुरबाट तिन जना युवाहरुले एमाले त्यागेका हुन् ।

