Tuesday, June 2News That Matters

उदयपुरमा मुख्य निर्वाचन अधिकृतले दिए राजिनामा

पूर्णपुष्टि, जेठ १ गते ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचनको काम नसकिदै राजिनामा दिएका छन् । जिल्ला का ९८ मतदान स्थलमध्ये त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभुत विद्यालयमा मतदान का क्रममा बिबाद भएको थियो ।
सो वडामा पुनः मतदान गराउनु पर्ने दबाब खनाललाइ परेको थियो । एक हजार भन्दा बढी मतदाता मतदान गर्न लाइनमा बसिरेहेकोमा बिबाद भएपछी मतदान स्थगित गरिएको थियो ।
स्वास्थ्यको समस्या देखाउदै खनाल ले राजिनामा दिएपनी त्रियुगा–१२ मा पुनः मतदान गराउनुपर्ने दबाबका कारण राजिनामा दिएको हुनसक्ने भन्दै राजिनामा दिएको हुनसक्ने स्थानीयले बताउने गरेका छन् ।