Friday, July 11News That Matters

औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

पूर्णपुष्टि, ३ असार ।
गाईघाटमा भोली बाट सुरु औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल घरेल तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा हुने महोत्सव ४ र ५ गते दुई दिन संञ्चालन हुने छ । गाईघाट स्थित बाबारानी मार्ग रामजानकी पार्टी प्यालेर्समा हुने उक्त महोत्सवको उद्घाटन कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले गर्ने छिन् ।

महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शन सँगै रैथाने खानाको परिकार झल्काईने छ । जस्ले गर्दा पर्यटनहरुलाई आकर्षित गर्नुका साथै उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने छ । संघले बिगत देखीनै यस खाले महोत्सवहरु संञ्चालन गर्दै आईरहेको छ । महोत्सवमा जिल्लामा रहेका उत्पादनहरुलाई स्थान दिईएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योक कार्यालय उदयपुरले सहयोग गरेको छ ।