Friday, February 14News That Matters

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

पूर्णपुष्टि, २४ पुष ।

त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग सामुदायिक वनको अध्यक्षमा सम्भु खड्का बिजयी बनेको छ । खड्काले पूर्व अध्यक्ष समेत रहेका श्याम नारायण चौधरीलाई हराउँदै अध्यक्षमा जित निकालेको हो ।

अध्यक्षमा बिजयी खड्काले २५६ मत पाएका थिए भने चौधरीले १७३ मत मात्र पाए । यस्तैगरी उपाध्यक्षमा संकर रम्तेल बिजयी बनेको छ । रम्तेलले केदर बहादुर कार्की र बरुण अधिकारीलाई हराउँदै उपाध्यक्षमा बिजयी निकालेको हो । रम्तलेको १८६ मत आउँदा कार्कीको १६० मत आए भने यता अधिकारीको ७० मत मात्रै आए । यता सचिवमा भने दुर्गा दनुवार निर्विरोध भएको छ । सहसचिवमा सिव प्रसाद चौलागाई र कोषाध्यक्षमा तनुजा चौधरी पनि निर्विरोध भएको छ । यो सँगै अन्य ६ जना सदस्यहरु निर्विरोध भए ।

खड्काको नेतृत्वमा ५ पदाधिकारी र ६ सदस्यीय सहित ११ कार्यसमिति चयन भएको छ । नेतेत्व सम्हाल्दै अध्यक्ष खड्काले सामुदयिक वनको आय स्रोत उपभोक्ताको सेवा सुविधामा खर्च गर्ने जनाए । विकासको काम सरकारको भएको भन्दै सामुदायिक वनले दिने स्रोत वन संरक्षण र उपभोक्ताको सेवा सुविधाको लागि प्रयोग गर्ने खड्काको भनाई छ । खड्काले बिगत देखीनै सामुदायिक वनको संरक्षण र पार्दशिता बारे समितिमा कुरा उठाउँदै आएका थिए । पूर्व अध्यक्ष चौधरीको कार्याकालमा अनियमिता भएको भन्दै खड्काले निरन्तर संघर्ष गर्दै आएका थिए । पछिल्लो निर्वाचनमा सोही खड्काले चौधरीलाई ८३ मतले पछि पार्दै नेतृत्वमा आफुलाई पुराएका हो ।