
पूर्णपुष्टि, बैशाख २०
उदयपुरको कटारीमा त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । कटारी नगरपालिकामा नेपाली काग्रेस र माओवादीको गठबन्धन, ने.क.पा. एमाले र एकिकृत समाजवादीले समेत सहयोग गरेका स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद बरालबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
कटारी नगरमा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका राजेशचन्द्र श्रेष्ठ प्रमुखमा र माओवादी केन्द्रका दिवश कटुवाल उपप्रमुखका दावेदार छन् । यूस्तै ने.क.पा. एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ प्रमुखमा र गिता खड्का उपप्रमुखका उम्मदवार छन् । अघिल्लो स्थानिय निर्वाचनमा एमालेले जितेकाले पनि एमाले मुख्य प्रतिष्पर्धी भएपनि एमालेकी प्रदेश कमिटी सदस्यसमेत रहेकी निवर्तमान उपमेयर भिमकुमारी राउतले प्रमुखमा बागि उम्मेदवारी दिएकी छिन् । भिमकुमारी राउतले एमालेको भोट काट्ने आंकलन गरिएकाले एमाले जित्नेमा ढुक्क छैन ।
नेपाली कागे्रस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा गएकोले यो दुईदलीय गठबन्धन बलियो देखिन्छ । तर माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद बरालले गठबन्धन बिरुद्ध बागि उम्मेदवारी दिएसँगै गठबन्धनपनि ढुक्क हुने अवस्थामा छैन । स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण प्रसाद बराल माअेवादीका कटारीक्षेत्रका प्रभाव भएका नेतामा पर्छन । उनलाई एकिकृत समाजवादीको समेत साथ भएकाले उनीपनि मुख्य प्रतिष्पर्धी हुन । पार्टीबाट बिद्रोह गरेको तथा एकिकृत समाजवादीको बलियो संगठनिक पकड नभएकाले उनले पनि जितिहाल्छन भन्नसक्ने अवस्था छैन । कटारी नगरपालिकामा ३८,४४६ जना मतदाता रहेका छन् ।
