Saturday, April 26News That Matters

कुलमानले तात्यो संसद, आधा घण्टाको लागि बैठक स्थगित

पूर्णपुष्टि, १३ चैत्र ।
बुधबार ११ बजेदेखी सुरु संसद बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको भन्दै बैठक सुरु भएको आकस्मीक बोल्ने समयमा माओवादी सांसद शक्ति बस्नेतले बिरोध जनाएका थिए । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र सहित रास्वपा, राप्रपा एकीकृत समाजवादी लगायत दलहरुले विरोध गरेको हो ।

बस्नेतले कुलमानलाई पून ः प्राधिकरणमा भित्राउन सांसद मार्फत सुझाए । उनले कुलमानले गरेको राम्रा कामहरुको लागि पुरस्कृत गर्नु पर्नेमा उल्टै बर्खास्त गरेको भन्दै आपत्ति जनाएको हो । सरकार उल्टो बाटोमा हिडिरहेको छ,“ छिमेकीले लोड सेटिङ हटाएको भन्दै देशकै बेजत गरिरहेको छ । बस्नेतले भने” । बस्नेतले आफ्नो कुरा राखिसकेपछि प्रतिपक्ष दलहरुले उठेर बिरोध सुरु गरेका थिए । संसद बैठक अन्य काम कार्वाही अघि बढाउन सभामुखले प्रतिपक्षी दलहरुलाई बस्न आह्वान गरे । तर उनिहरु निरन्तर उठिरहे । सभामुखको कुरा नसुनेपछि आधा घण्टाको लागि बैठक स्थगित गरिएको हो ।