Saturday, April 26News That Matters

कुलमान हटाईएकोमा संसदमा विपक्षी दलको चर्को बिरोध

पूर्णपुष्टि, १३ चैत्र ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निदेर्शक कुलमान घिसिङ हटाएकोमा विपक्षीदलहरुले बिरोध जनाएको छ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र सहित रास्वपा, राप्रपा एकीकृत समाजवादी लगायत दलहरुले विरोध गरेको हो । संसाद सुरु भएको पहिलो समय माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कुलमान हटाएको बिषयमा आपत्ति जनाए । उनले कुलमानलाई पून ः प्राधिकरणमा भित्राउन सांसद मार्फत सुझाए । उनले कुलमानले गरेको राम्रा कामहरुको लागि पुरस्कृत गर्नु पर्नेमा उल्टै बर्खास्त गरेको भन्दै आपत्ति जनाएको हो । सरकार उल्टो बाटोमा हिडिरहेको छ,“ छिमेकीले लोड सेटिङ हटाएको भन्दै देशकै बेजत गरिरहेको छ । बस्नेतले भने” । बस्नेतले बिषय उठाएपछि बिपक्षी दलहरुले संसदमा उठेरै बिरोध जनाएको हो ।