
पूर्णपुष्टि, ९ जेष्ठ ।
गाईघाट स्थित क्यानभास एकेडेमी बोर्डिङले विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन गराएको छ । शुक्रबार विद्यालय परिसरमै नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो । निर्वाचन अधिकृत भैरव श्रेष्ठका अनुसार विद्यालय क्यापटेन लगायत बिभिन्न पदहरुमा निर्वाचन गराईएको छ । विद्यालय क्याप्टेन, व्वाईज र गल्र्स तर्फ सिनियर भाईस क्याप्टेन, स्पोर्ट क्याप्टेन र बिभिन्न चार हासउ अन्तर्गत सिनियर व्वाईज र गल्र्स क्याप्टेनहरुका लागि चुनाव गराईएको अधिकृत श्रेष्ठको भनाई छ । निर्वाचन आयोग कार्यालयको समन्वयमा सामाग्रीहरु जुटाएर विद्यार्थीहरुलाई चुनाव गराईएको हो । रेड, ग्रिन, यल्लो र ब्लु गरी चार ओटा हाउसहरु बिभाजित गरीएको छ । सोही अनुसार आ–आफ्नो हाउस छुटाएर चुनाव गराईएको विद्यालयले जनाएको छ । कक्षा ५ देखी ७ सम्म जुयिर २९८ जना र ७ देखी १० सम्मको सिनियर २७७ जना गरी जम्मा ५७५ जना विद्यार्थी मतदादाहरु रहेका छन् ।

