Friday, July 11News That Matters

गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

पूर्णपुष्टि, असार ४ ।

उदयपुरको सदरमुकाम गाईघाटमा चौथो औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु भएको छ । दुई दिन सम्म चल्ने महोत्सवको औपचारिक रुपमा उद्घाटन बुधबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गरिन् । महोत्सवमा रैथाने परिकार र आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरिएको छ । यस अन्तगर्त आयुर्वेदिक औषधि, अर्गानिक आलु, औद्योगिक उत्पादनका लत्ता कपडा–ब्याग–गुडिया–स्कुलको युनिफर्म लगायत अन्य सामाग्रीहरुको प्रदर्शन गरिएको छ । महोत्सवमा करिब ३० वटा स्टल राखिएको छ । महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा भएको हो भने पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ ।