
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर २ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुभारम्भ गरिएको छ । जाडो मौसम सुरुभएसँगै चिसोमा देखिने समस्याहरुलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरेको छ ।
सोमवारबाट २ नं। वडाको चारघरेबाट “ज्येष्ठ नागरिक भेटघाट तथा स्वास्थ्य परीक्षण घुम्ती कार्यक्रम” नामक अभियानको नगर नगरप्रमुख कालुमान लामाले शुभारम्भ गरेका हुन् ।
घुम्ती सेवाले ७५ वर्षभन्दामाथिका दलित समुदाय र ८० वर्षमाथिका गैर दलित समुदायका नगरभरीका लगभग ११ सय ज्येष्ठ नागरिकलाई सो सेवा प्रदान गरिने मेयर लामाले बताए ।
सामान्य रक्तचाप, मधुमेह जस्ता रोकहरुको निस्शुल्क चेकजाँचको लागि एक जना अहेव र एक जना अनमीगरि दुईजना स्वास्थ्यकर्मीहरुको साथमा घुम्ती सेवा संचालन गरिनेछ ।
कतिपयको घरमा स्वास्थ्यचौकीसम्म पुगेर औषधी लिइदिनेसम्म नभएको अवस्थामा यो कार्यक्रमले नागरिकमा केही राहत पुग्ने मेयर लामाको भनाइ थियो ।
विरामीले खाने सबै प्रकारको औषधीहरुसमेत निस्शुल्क घरमै उपलब्ध गराइने स्वास्थ्यकर्मीले बताएका छन् ।
घुम्ती कार्यक्रमको लागि आधारभूत अस्पतालका डाक्टर अजय खड्का, अहेव राजकुमार खडका, अनमी ज्योती तामाङलाई खटाइएको छ ।
कार्यक्रममा वडाध्यक्ष हरिबहादुर खड्का, कार्यपालिका सदस्य सुष्मा राई स्थानीय समाजसेवीहरु कुमार ल्वागुन, भिम परियार, अजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
