
पूर्णपुष्टि, ९ असार ।
१ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया बजेटसहित उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को कार्यक्रम तथा बजेट सोमवार ल्याएको छ । मेयर कालुमान लामाले जनताकाबीच लामो अन्तरक्रिया र छलफलसंगै कार्यक्रम तथा बजेट ल्याएको बताउनुभयो । उपमेयर मणिकादेवि दुलालले बजेटले पालिकाको समग्र विकासलाई समेटेको बताउनुभयो ।

प्रमुख प्रकाशकीय अधिकृत काजिमान राईका अनुसार यो आर्थिक वर्षलाई भौतिकपूर्वाधार वर्षको रुपमा मनाइनेछ । पालिकाले आप्mनै लगानीमा ५० किलोमिटर सडकको स्तरोन्न्ती गर्ने, कृषि क्षेत्रका साथै टोलविकासलाई चलायमान बनाउने योजना छ । प्रत्येक टोलविकास संस्थालाई एउटा योजना अनिबार्य हुनेछ ।
त्यसैगरी बेलका नगरपालिकाले पनि ७७ करोड २६ लाख ४१ हजार बजेटसहित कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । उदयपुरका अन्य पालिकाहरु भोली तयार भइरहदा चौदण्डीगढी र बेलकाले भने आजै बजेट सार्बजनिक गरेको हो ।


