Wednesday, April 29News That Matters

चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

पूर्णपुष्टि, २९ जेष्ठ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा संञ्चालित दुई दिने विकास पत्रकारिता एंव अभिमुखीकरण तालिमको समापन भएको छ । चौदण्डीगढीको सभाहलमा बिहिबारबाट सुरु भएको तालिमको समापन शुक्रबार गरिएको हो । तालिममा चौदण्डीगढीका नव पत्रकारहरु सहभागी थिए ।

पत्रकारिताको फिल्डमा उदाउँदै गरेका र पत्रकारितामा भविष्य खोज्नेहरुले तालिममा सहभागी जनाएका थिए । इन्द्रवती संञ्चार प्रा.लि को आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संञ्चालन भएको थियो । तालिमको उद्घाटन नगर प्रमुख कालुमान लामाले गरेका थिए भने समापन पनि लामाकै उपस्थितिमा गरिएको थियो । तालिमको अन्तिम दिनको आधा घण्टाको समय पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी गराईएको थियो । मिडिया र सोसल मिडियाकोमा फरक रहेको भन्दै यस विषयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत सचेत गराईएको थियो ।

पछिल्लो समय मिडिया तथा पत्रकारहरु भन्दा पनि सोसल मिडिया बढी सक्रिय भएको भन्दै यसबाट सहि र गलत सूचनाको कसरी पहिचान गर्ने भन्ने बिषयमा कुरा उठेका थिए । पत्रकारहरु सहि र सत्यमा आधारित हुँदा सोसल मिडियाहरु सत्य र तथ्य पुष्टि बिहिन सूचनामा लागि परेको बुझाईएको छ । यसलाई पत्रकार बाहेक अन्य क्षेत्रहरुले बुझ्न जरुरी रहेको कुरा तालिमका प्रमुख प्रशिक्षक दसरथ राईले जनाउनु भयो । कान्तिपुर टिभिका समचार संयोजक समेत रहेका अग्रज पत्रकार राईले यस बिषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रष्ट बनाउनु भयो ।

सर्वसाधरणहरुको हकमा भन्दा पनि सोसल मिडिया दुरुपयोग गरेको खण्डमा जनप्रतिनिधि र कर्मचारीहरुलाई थप ५० प्रतिश बढी दण्ड हुने व्यवस्था बारे उहाँले प्रस्टाउनुभयो । राई तालिमका प्रमुख प्रशिक्षक समेत हुन् । राई राजनितिक समचार र संसदीय समचारका अनुभवी पत्रकार हुन् । यता तालिमको समापनमा बोल्दै नगर प्रमुख लामाले चौदण्डीगढीको हकमा सामाजिक संञ्जाल बढी मौलाएको र पत्रकारहरु पनि सामाजिक संञ्जालमै बढी जुमिरहेको संकेत गरे । उनले जिम्मेवारी व्यक्ति र सरकारलाई खवरदारी गर्नु उचित रहेको तर सहि तरिकाले खवरदारी गर्न सुझाए । पूर्वाग्राही र रिसको आबेगमा कसैलाई खुईलाउनकै लागि पत्रकारिता नगर्न लामाले सुझाए । उनले सहभागी नव पत्रकारहरुलाई शुभकामना समेत दिए । बाँकी समयमा पनि यस्ता तालिमहरु प्रदान गर्ने समेत लामाले प्रतिवद्धता जनाए ।