
पूर्णपुष्टि/उदयपुर, कार्तिक २३ ।
जेनजीको नेतृत्व को ? यो प्रश्न धेरै उठ्ने गर्छ । पछिल्लो समय केन्द्र, प्रदेश र जिल्लामा नेतृत्व तोक्ने क्रम छ । उदयपुरको संयोजक सुरेन्द्र राई तोकिएसंगै अव जेनजी के कसरी अगाढि बढ्छ ? पूर्णपुष्टिले सोधिखोजी गरेको छ ।
जेनजी संयोजक राईले सक्रियपूर्वक जेनजी गतिविधि अगाडी बढ्ने बताएका छन् । उनले संगठन विस्तारसंगै जेनजी एजेन्डालाई सार्थक बनाउने काम अगाडि बनाउने बताएका छन् । जेनजीको नाममा विभिन्न संगठन र गतिविधि भइरहेको सन्दर्भमा सहि गर्ने र गलत गर्ने छानेर समेटिने र कतिपयलाई निगरानी तथा खबरदारी गर्ने बताएका छन् ।
