Tuesday, May 12News That Matters

ढुसी परेको पाउरोटी उद्योगलाई १० हजार जरिवाना, ७ दिन भित्र सुधार नगरे शिल्ड गर्ने कडा चेतावनी

पूर्णपुष्टि, २२ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं ५ देउरीमा संञ्चालित उदयपुर पाउरोटी बेकरीमा अनुगमन गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण प्राविधिक कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुर, कर कार्यालय उदयपुर र पत्रकारहरु सहितको टोलीले उक्त उद्योगमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा फ्याक्ट्रीमा उत्पादन भएका सामाग्रीहरु गुणस्तरहिन र सरसफाई नभएको पाईएको छ । फ्याक्ट्री संञ्चालन गर्दा आवश्यक पर्ने सामान्य मापदण्ड समेत पुरा नगरी फ्याक्ट्री संञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले १० हजार जरिवाना समेत गराएको छ । कार्यालयले अबको ७ दिन भित्र आवश्यक सुधार गर्न कडा दिर्नेशन समेत दिए । यदि ७ दिन भित्र सुधार नगरे शिल्ड गर्ने चेतावनी समेत दिएको छ । कार्यालयले सरसफाई, सामानको अबधि, उत्पादित वस्तुको कच्चा पदार्थ, फ्याक्ट्रीको बोर्ड, उत्पादित वस्तुको सुररक्षित व्यवस्थापन, उत्पानका लागि आवश्यक स्थान र सामाग्री साथै फ्याक्ट्रीको नविकरण गर्नु पर्ने कुराहरु सुझाएको छ ।

यस फ्याक्ट्रीमा उत्पादित पाउरोटी केहि समय अघि गाईघाट स्थित एक पसलमा ढुसी परेको अवस्थामा फेला परेका थिए । ढुसी फेला परेपछि ग्राहकले यस्तो पाउरोटी बेच्न नहुने पसललाई सुझाएका थिए । नेकपा एकीकृत समाजवादी त्रियुगा नगर युवा संघ नेपालका अध्यक्ष समेत रहेका शुभनारयण ठाकुर सोमवार बिहानै छिमेकी दिनेश चौधरीको पसलमा पाउरोटी किन्न गएका थिए । पाउरोटी किन्ने क्रममा शिल्ड प्याक रहेको पोकामा ढुसी परेको फेला पारेपछि शुभनारायणले पसलाई सचेत गराएका थिए । पसलाई मात्रै हैन उनले फ्याक्ट्रीबाट आएको शिल्ड प्याकमा ढुसी परेको भन्दै फ्याक्ट्रीलाई नै कार्वाही हुनु पर्ने भन्दै सचेत गराए । उनले पसललाई मात्रै सचेत गराएनन् पत्रकारलाई समेत खवर गरे । अन्य समयमा पनि यस्ता घटना भएकाले अब भने कर्वाही गुर्न पुर्ने र ग्राहक सचेत गराउन उनले पूर्णपुष्टि मिडियाको पत्रकार विक्रम राईलाई खबर गरेका थिए । सोही खबर अनुसार पत्रकार राईले पसलको पाउरोटीको भिडियो फोटो खिच्न शुभनारायण सहित पसल पुगेपछि सामान्य छलफल पश्चात फर्किने बेलामा पसल संञ्चालक दिनेश चौधरीका भतिज प्रशान्त चौधरीले ग्राहक शुभनारायन ठाकुरमाथी आक्रमण गरेका थिए । सोही बिषयमा ढुसी परेको पाउरोटी र कुटपिटबारे पूर्णपुष्टिमा खवर प्रकाशन भएसँगै प्रशासन कार्यालयको पहलमा फ्याक्ट्रको अनुगमन भएको थियो ।