
समिप राई .(सुवास)
पूर्णपुष्टि, १६ चैत्र । ताप्ली
ताप्ली गाउँपाििलका १ मादलेमा सात दिवसीय निःशुल्क स्वास्थ्य सिविर शनिवारदेखी सुरु भएको छ । उक्त सिविर आईतबार मादलेको एक विद्यालयमा औपचारिक रुपमा सुरु भएको हो । सात दिवसीय सिविरलाई (आ.म.श) सिविरको रुपमा संञ्चालन गरिएको छ । जसलाई आत्म मन शरिर यी सबैलाई स्वास्थ्य राख्न मदत गर्दछ । हेभेन्ली निर्माणा पाथ इकाई समिति ताप्लीको आयोजनामा सुरु भएको सिविर आउँदो सनिवार सम्म संञ्चालन हुने छ ।
सिविरका लागि आवश्यक जनशक्ति र सामाग्रीहरु व्यवस्थापन गरिएको छ । मानव शरिरको सबै अंगहरु स्वास्थ्य र सुरक्षित हुन पर्छ भन्ने हिसावले सविर संञ्चालन गरिएको आयोजकको भनाई छ । मान्छेको शरिर भन्दा पनि आत्मा र मन अझै स्वास्थ्य हुन जरुरी रहेको भन्दै (आ.म.श.) सात दिवसीय सविरको आयोजना गरिएको आयोजकको भनाई छ । यो सँगै सिविरमा प्यारालाईसिस, ग्याँस्ट्रिक, माईग्रेन, कव्जियत, युरिक एसिड, खाना नपच्ने, पिनास डाँढको समस्या, नसा सम्बन्धि र मानसिक रोग लगायतका उपचार गरिने भएको छ । स्वास्थय सविरले स्थानीयहरु उत्साहित बनेको छ । बुद्धिजीवी समेत रहेका मादले निवासी बावुराम राईले गाउँघरमै आएको सिविरलाई भरपुर सदुपयोग गर्न आह्वान गरेको छ । उनले मादलेवासी मात्रै नभई ताप्लीवासीहरुलाई समेत सविरमा उपचारको लागि आह्वान गरेको छ । उनले यो सिविर ताप्लीवासीहरुका लागि होमडेलीभरीको सिविर रहेको जनाए । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु सहित स्थानीय बुद्धिजिवी निरज राई, युवा नेतृ समिप राई फडिन्द्र राई लगायतको पनि उपस्थिति रहेका थिए । उक्त सिविरको उद्घाटान गाउँपालिका अध्यक्ष ढुँगराज विश्कर्मा र उपाध्यक्ष धना मगर सहितका अतिथिहरुले उद्घाटन गरेको छ ।