Saturday, May 17News That Matters

त्रिनपा १६ को दोस्रो चौमासिक प्रगति समिक्षा सार्वजनिक, आगामी कामको लागि सुझाव संकलन

पूर्णपुष्टि, ५ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक बर्ष २०८१/०८२ को दोस्रो चौमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार वडा कार्यालय जाल्पा चिलाउने स्थित जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, शिक्षक, गैरसरकारी संघसंस्था, सामुदायीक संघ संस्था तथा स्थानीय वडावासीहरुको उत्साहजनक उपस्थितिमा समिक्षा सम्पन्न गरेको हो ।

वडा अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका मान वाहादुर राईले पूर्वधार, सुसाशन, सामाजिक, आर्थिक, वातावारण तथा विपद लगायत क्षेत्रमा भएको प्रगतिहरुको विवरण प्रस्तुत गनुृभयो । राइले वडामा सम्पन्न बिभिन्न योजनाको सय ओटा बढी बुदाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी प्रथामामिकतामा रहेको योजना र योजना सम्पन्न हुने चरणको प्रगतिहरु पनि प्रस्तुत गर्नुभयो । राईका अनुसार वडामा सबै भन्दा बढी पूर्वधार तर्फ १३ ओटा योजनाहरु रहेको छ ।

यस्तै सामाजिक तर्फ १२, सुशासन तथा सेवा प्रवाह तर्फ ८, आर्थिक तर्फ २ र वातावरण तथा विपद तर्फ पनि २ गरी जम्मा ३७ ओटा योजना वडाको बिषयगत योजना अन्गर्तत रहेको छ । वडाको सेवा र विकासे प्रगति प्रति उपस्थितिहरुले सन्तुष्ट ब्यक्त गरेको छ । वडाले आफ्नो बजेट र जनशक्ति अनुसार गर्नु पर्ने विकासे काम र सेवाहरु प्रति गुनासो गर्ने ठाउँ नरहेको वडावासीहरु बताउँछन् । सानो बजेट र थोरै कर्मचारीहरुको बाबजुद पहाडी वडाको विकास गर्न चुनौती रहेपनि कामहरु भैरहेको उनिहरुको भनाई छ । अध्यक्ष राईका अनुसार आगामी योजना तथा कामहरुका लागि उपस्थिति सरोकारवालाहरुबाट सकरात्मक र महत्वपूर्ण सुझावहरु आएको बताउनुभयो । समिक्षामा संकलन भएको महत्वपूर्ण सुझाव र सल्लाह अनुसार आगामी योजनाहरुलाई अघि बढाउने राईले प्रतिवद्धता दिनु भयो । अध्यक्ष राईका अनुसार यो बर्ष समिक्षा कार्यक्रमलाई फरक तरिकाबाट प्रस्तुत गरिएको समेत जनाउनु भयो ।

वडाको प्रगति सँगै वडामाताहत तथा वडा भित्र रहेका अन्य सामुदायिक संघ संस्था, टोल विकास संस्था, स्वास्थय संस्था, गैरसरकारी संस्था तथा विद्यालयहरुलाई समेत आफ्नो प्रगति विवरण प्रस्तुत गर्न लगाईएको जनाउनु भयो । प्रगति विवरण सँगै आगामी योजना तथा कार्यक्रमहरुको बारेमा पनि जानकारी गराईएको थियो । यसले आगामी प्राथामिकतामा राखिएको कामलाई समन्वय गरी अघि बढाउन र सम्पन्न गर्न थप सहज बनाउन सहयोग गरेको अध्यक्ष राईको भनाई छ ।

कर्यक्रममा वडालाई पूर्ण खोप प्रमाणीकरणमा सहयोग पुराउने स्वास्थय संस्था तथा स्वयम सेवकहरुलाई सम्मान समेत गरिएको छ ।  जिल्ला समन्वय सदस्यसमेत रहनुभएकी वडा सदस्य गोमा कार्कीले शुभकामना मन्तव्य सहित उपस्थितिहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । वडा सदस्य घमान सिंह राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा सचिव महेश खनालले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको थप पुरा विवरण तल हेर्नुहोस ।

आ.व.२०८०÷०८१ को बार्षिक समिक्षा तथा आ.व.२०८१÷०८२ को बजेट तथा योजना सार्वजनिक र बार्षिक प्रगति प्रतिबेदन वितरण कार्यक्रम सम्पन्न भएको ।
 राष्ट्रिय बालदिवसको अवसरमा अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको । जस अन्तर्गत वडाभित्रका सामुदायिक विद्यालयहरुविच हाजिरी जवाफ, बक्त्तृत्वकला र म्युजिकलचियर लगायतका कार्यक्रम भएको साथै कक्षा ८ र १० का उत्कृष्ट जी.पी.ए. ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको ।
 बर्षा तथा विपदबाट क्षेतिग्रस्त वडाभित्रका स्थानीय ६.२५० कि.मी. सडकहरु मर्मत संभार गरि सूचारु गरिएको। जसमा ढोलगैराको आर.सि.सि ढलानमा सुख्खावाल लगाई ढलान संरक्षण भएको ।
वडाको उज्यालो कार्यक्रम अन्तर्गत वडाको आहाले बतासे, आपडाडा, रातापानी टोलहरुमा १७ थान पोल विद्युत सुविधा विस्तारका साथै आहालेमा ५० केभिए क्षमता भएको टान्सफर्मर राख्ने कार्य सम्पन्न भएको ।

आ.व.२०८१÷०८२ को योजना कार्यान्वयन गर्न विभिन्न योजनाहरुको उपभोक्ता समितिहरु गठन गरिएको।
उच्च शिक्षा अध्ययनरत विदार्थीहरुलाई आर्थिक सहयोग अन्तर्गत विनियोजित बजेट रु. १ लाख रकमबाट वडाभित्रका ४७ जना जेहन्दार तथा विपन्न, आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग नगद रकम र शैक्षिक सामग्री वितरण गरिएको ।
 बाल अक्षय कोषको रकम रु. ५२ हजार व्याज रकमबाट ६९ जना विद्यार्थिलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरिएको ।
 शाहिखोला गैरीटोल सडक मर्मत ग्रावेल अन्तर्गत १६० मिटर सडक ग्रावेल र ९ थान ग्याविन जाली लगाई शाहिखोला कल्भर्ट सुचारु गरिएको ।

 यस चौमासिक अवधिमा स्थानीय १३ जना विरामी, दुर्घटना तथा विपदमा परेका व्यक्तिहरु र ४ सामुदायिक संस्थाहरुलाई आर्थिक सहयोग गरिएको ।
 वडाभित्र विपदमा रहेका विभिन्न स्थानीय क्षेत्रहरुमा सडक, सिचाई लगायत नागरिकका घर जग्गा संरक्षणका लागि ३२ थान तारजाली वितरण गरि कार्य सम्पन्न गरिएको ।
 नगरस्तरीय अभरमा नगर कार्यक्रमको रु. ४ लाख बजेटबाट बर्षा विपदले क्षेतिग्रस्त फोक्सिन्टार फेदीको बरुवाखोला मन्धने दोभान सडक मर्मत बे्रकरबाट ३८ मिटर सडक चौडा र १९ थान जाली ग्याविन लगाई सडक स्तरउन्नति गरिएको ।
 जनतासंग उपमेयर कार्यक्रम अन्तर्गत लाटाङ खोला खोलिटार सिचाइ पाईप योजनामा ६३ एम.एमको १०० मिटर र ५० एम.एम. को ३०० मिटर पाईप राखि सिचाई कुलो मर्मत गरिएको ।

 यस आ.व.मा वडाका सा.सु.भत्ता लिने ३९७ जना लाभग्राहीहरुको कार्ड नविकरण कार्य समयमा नै सम्पन्न गरिएको ।
 वडागत बजेट रकम रु. १ लाखबाट चुनिया खोला पुलमुनि सिचाइ कुलो मर्मत अन्तर्गत १२ मिटर सिमेन्टेट वाल र १५ मिटर ढलान गरी सिचाई कुलो सुचारु गरिएको ।
 वडागत बजेट रकम रु. २ लाखबाट पंचावती आ.बि. सिद्रे जाते भवन मर्मत अन्तर्गत ४ कोठामा प्लाष्टर र रङरोगन समेत गरिएको ।
 वडागत बजेट रकम रु. १ लाख ५० हजारबाट मा. वि. चिलाउने भन्ज्याङ भवन मर्मत पुरानो दुईतले भबनमा रङरोगन र भ¥याङमा जस्ताको छाना लगाउने कार्य सम्पन्न भएको ।

 युवा लक्षित तथा खेलकुद कार्यक्रम अन्तर्गत वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको साथै वडाभित्रका सामुदायिक विद्यालयलाई खेल सामग्री समेत वितरण गरिएको ।
 कोशी प्रदेश सरकारको सहयोगमा बर्षा विपदले क्षेतिग्रस्त स्थानीय खानेपानी योजनाहरुलाई ३२ एम.एम.को ६०० मि. र २० एम.एम.को ९०० मि. पाईप वितरण गरि खानेपानी सुचारु गरिएको ।
 यस अवधिको मंशिर महिनासम्ममा नया नागरिकता सिफारिस ः ९७ , प्रतिलिपि सिफारिस ः ९१ जनाको (४ जनाको अनलाईन) भएको ।
 वडा जनप्रतिनिधि र कर्मचारीहरुबाट विपदको क्षेतिग्रस्त स्थलको अनुगमनका साथै संचालित योजनाहरु अनुगमन गर्ने कार्य नियमितरुपमा भएको ।
यस वडाका १४ ओटा टोल विकास संस्थाहरु मध्ये ६ ओटा टोल विकास संस्थाको क्षेत्रभित्र भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासीहरुको जग्गा नापी तथा निस्सा वितरण कार्य सम्पन्न भएको ।
 समाजसेवी हरि बहादुर राउतको सहयोगमा यस वडाका ८० बर्ष उमेर नाघेका १० महिला र १० पुरुष जेष्ठ नागरिकहरुलाई जाडोको न्यानो कपडा वितरण भएको ।
 दाजुभाइ समूह दोहा कतारको सहयोगमा यस वडाका २ घरपरिवारलाई नगद रकम रहित ओड्ने कपडा उपलब्ध भएको ।
 पशु उपचार तथा बन्ध्याकरण अन्तर्गत ३५ पशुहरुमा भएको ।
 रेविज खोप २२ पशुहरुमा लगाईएको ।
 यस वडामा यस अवधिसम्ममा पशु विमाको संख्या १७ भएको ।

 साना सिचाई कार्यक्रम अन्तर्गत ढाटे माथिल्लो सिचाई कुलो मर्मत गरिएको जसमा ४५० मि. सिमेन्टेड च्यानल, १६० मि. पाईप र २८ थान जाली लगाई सिचाई कुलो मर्मत कार्य सम्पन्न । (२२ लाख २३ हजार)
 साना सिचाई कार्यक्रम अन्तर्गत भोर्ले मुल सिचाई कुलो मर्मत गरिएको जसमा ७११ मि. सिमेन्टेड च्यानल, १६२ मि. पाईप, ४ थान टंकी निर्माण र २९ थान जाली लगाई सिचाई कुलो मर्मत कार्य सम्पन्न ।( ३० लाख ७६ हजार)
 बेल्दोभान बलोटेनीमा कृषि उपज संकलन तथा पशुपंछी खरिद तथा बिक्री केन्द्र भवन निर्माण भएको ।
 स्वास्थ्य चौकि चिलाउने प्रसुति केन्द्र भवन मर्मत गरिएको जस अन्तर्गत २ ओटा कोठामा टायल लगाउने र प्लाइउडबाट पार्टेशन गर्ने कार्य सम्पन्न भएको ।

 धौरी कर्कले सडक निर्माण अन्तर्गत ४ मि. चौडा भएको ११०० मी. नया सडकको ट्रयाक खोलि सडक निर्माण गरिएको ।
 बर्षा विपदको समयमा क्षेतिग्रस्त वडा कार्यालय आउने मूख्य सडक ढोलगैरामा २० थान जाली लगाई सडक मर्मत गरिएको साथै बेङरी खोलामा ७ थान जाली लगाई सिचाई कुलो मर्मत भएको।
 भोर्ले आले मश्राङगी टोल सडक निर्माण भएको जसमा ३ मि. चौडा र ५०० मी. लम्बाई भएको नया सडकको ट्रयाक निर्माण गरिएको ।
 आधारभूत विद्यालय बेङ्री भवन मर्मत तथा व्यबस्थापन भएको बरन्डामा ढलान, हज निर्माण, कक्षाकोठामा कार्पेट बिच्छाउने कार्य र ५०० लि. पानी ट्यांकी व्यबस्थापन गरिएको ।

 मा.वि. भोर्ले भवन मर्मत तथा रंगरोगन दुई तले भवनमा रंगरोगन र भ¥याङमा स्टील रेलिङ लगाउने कार्य सम्पन्न ।
 आधारभूत स्वास्थ्य सेवा केन्द्र सुकौरा घेराबेरा गरिएको जस अन्तर्गत अगाडी र पछाडीको भागमा ३१ मी कम्पाउण्ड वाल २ थान गेटको आर सि.सि. पिलर निर्माण भएको ।
 आदिवासी जनजाति लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालय र सोम लाईफ केयर एण्ड डाईगनोस्टिक प्रा.लि.को समन्वय प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको। जसमा १६० जना विरामीहरुको स्वास्थ्य परीक्षण, भिडियो एक्स रे, जेनेरल ओपिडी स्वास्थ्य परामर्श सेवा उपलब्ध भएको ।
 वडागत बजेटबाट वडा कार्यालय व्यबस्थापन गरिएको जस अन्तर्गत २ सेट सोफासेट, प्लाष्टिक कुर्सी लगायतका सामग्री व्यबस्थापन गरिएको ।

 दलित लक्षित कार्यक्रम अन्तर्गत १० घर दलित परिवार छनौट गरि ९ घरलाई आरान मेसिन र १ घरलाई ग्रेन्डर मेसिन वितरण गरिएको ।
 अपांग तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट ८० बर्ष माथिको जेष्ठ नागरिक ४७ जना र क बर्गका अपांग १५ जना गरि जम्मा ६२ जनालाई फाईवर सिरक वितरण गरिएको ।
 काभ्रे सिचाई कुलो मर्मत भएको जसमा १६० एम.एम.को एच.डि.पि. पाईप ८४ मी. उपलब्ध भई होल खनेर पुर्ने कार्य सम्पन्न भएको ।
 सडकबत्ति बिस्तार तथा व्यवस्थापन भएको जसमा वडाको शाहिखोला, सुकौरा, बेङ्री, काभ्रे, सिदाली र फोक्सिन्टारमा गरि ५५०० मी तार, २१२ वटा १८ वाटको एल.ई.डि. बल्ब लगायत अन्य विद्युतिय सामग्री खरिद गरि सडक बत्ति बिस्तार गरिएको ।
 साविक स्थानहरु सुकौरा, बेङ्री, आहाले र चिलाउने भन्ज्याङमा सडकबत्ति मर्मत गरिएको ।
 महिला लक्षित कार्यक्रमबाट ४६ जना महिलाहरुको क्षमता तथा नेतृत्व विकास तालिम र ४२ जना किशोरीहरुलाई मनोविमर्श तथा स्वःहेरचाह सम्बन्धि तालिम सम्पन्न भएको ।

 पञ्जीकरण तथा व्यक्तिगत घटना दर्ता सम्बन्धीका प्रगति विवरण निम्न रहेका छन् ।
 जन्मदर्ता ः पुरुष ३३, महिला २३ जम्मा ः ५६ जना
 मृत्युदर्ता ः पुरुष १६, महिला १० जम्मा ः २६ जना
 सम्बन्धविच्छेद ः ९ जोडी
 विवाह दर्ता ः २६ जोडी
 बसाई सरी आएको परिवार संख्या ः १
 बसाई सरी गएको परिवार संख्या ः ९
 जम्मा घटना दर्ता संख्या ः १२७
 सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहि संख्या ः जम्मा ४११ जना । जसमा अन्य जेष्ठ नागरिक २२३, द. जेष्ठ नागरिक २०, एकल महिला जेष्ठ नागरिक २९, विधवा ६६, क बर्ग अपांग १६, ख बर्ग अपांग ३० र दलित बालबालिका २७ गरि
 ऐलानी जग्गा नापी तथा निस्सा वितरण कार्यक्रम अन्तर्गतको प्रगति विवरण ।
 जम्मा निवेदन ः ५१४
 अनलाईन फारम दर्ता ः ३५२
 निस्सा वितरण ः २४२
 निस्सा तयारी वितरण गर्न बांकी ः ११०
 फारम ईन्ट्री गर्न ः १६२ बाकी ।
 जग्गा नापी भई सकेको टोल विकास संस्था ः ९
 नापी गर्न बाकी टोल विकास संस्था ः ५
 अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गतको प्रगति विवरण ः
 जाल्पा अपांग मिलिजुली समूह ः १ ( २८ जना सदस्य रहेको)
 सहायक सामग्री वितरण ः १० जना
 आर्थिक सहयोग ः १ जना ( रु. १० हजार)
 स्वास्थ्य उपचार जिल्ला अस्पतालमा ः ८ जना
 घरमा आधारित शिक्षा ः १ जना
 कार्ड परिवर्तन ः १ जना
 व्यवसायिक तालिममा सहभागि ः १ जना (सविना तामाङ)
 २०८२ को लागि सहायक सामग्री सहयोग सिफारिस ः २३ जना
 गृह भेट परामर्श र अनुगमन ः २० घर ।
 लैगिक हिंसा प्रतिकार्य परियोजना अन्तर्गत सामुदायिक मनोसामाजिक सहजकर्ताबाट फागुन र चैत्र महिनामा ११ वटा घरेलु लैगिक हिंंसा सम्बन्धी समस्याहरुको पहिचान भएको ।
 त्रियुगा नगरपालिका मेड्पा कार्यक्रम अन्तर्गत यस वडामा ८ दिने कफी खेति सम्बन्धी २५ जना कृषकहरुलाई तालिम सम्पन्न ।
 त्रियुगा नगरपालिका कृषि विकास शाखाबाट कफी खेति क्षेत्रको अनुगमन क्लष्टर निर्माण र वडास्तरीय कृषि विकास समितिबाट वडाका ५७ जना अगुवा कृषक छनौट कार्य सम्पन्न भएको ।
 त्रियुगा नगरपालिका, वडा कार्यालय र विद्यालय साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाको जेसीविबाट आ.वि.जाते सिद्रेको कम्पाउण्ड तथा खेल मैदान निर्माण कार्य सम्पन्न भएको ।
 त्रियुगा नगरपालिका, वडा कार्यालय र विद्यालय साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाको जेसीविबाट मा.वि.चिलाउने भन्ज्याङको खेल मैदान निर्माण कार्य सम्पन्न भएको ।
 त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा यस वडामा क्षयरोगका रोगी पहिचान तथा खोजपड्ताल सम्बन्धी सरोकारवालाको अभिमुखिकरण सम्पन्न ।
 त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा यस वडाको आ.स्वा.से.केन्द्र सुकौरामा क्षयरोगका रोगी पहिचान सम्बन्धी शिविर सम्पन्न। (जसमा १९० जनाको परीक्षण भएको) ।
 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुकौरामा २० जना र गाईघाटमा ४ जना गरी यस वडाका २४ जना सूचिकृत व्यक्तिहरुलाई डकर्मी तालिमको आयोजना गरी क्षमता विकास भईरहेको ।
 डिहीटार अम्बोके सिद्रे डहर कृषि सडक निर्माण अन्तर्गत १० जना कामदारहरुबाट सडक निर्माण तथा स्तरोन्नति कार्य भईरहेको ।
 सुनौलो टोल विकास संस्थाले सुकौरा बजार सरसफाइ तथा सुकौरादेखि त्रियुगा खोलासम्म सडक मर्मत सुधार तथा सरसफाइको कार्य सम्पन्न गरेको ।
 काभ्रे सिरुवानी टोल विकास संस्थाले सुकौरादेखि आपडाडा ढोलगैरासम्म सरसफाइको कार्य सम्पन्न गरेको ।
 जाल्पादेवी टोल विकास संस्था कर्कलेले हाइडाडादेखि कर्कले, बोडीबारी मन्धनेसम्म सडक सरसफाइ गरेको ।
 महादेव टोल विकास संस्था फोक्सीन्टारले जाल्पामहादेव थान बेलदोभान झरनाको हाता मmाडी सरसफाइ र गैरीगाउदेखि बरुवाखोलासम्म सडक सरसफाइ गरेको ।
 शाहीखोलामा सडक कालोपत्रे योजनाको कार्य भइरहेको।
 बेङरी खोलामा स्ल्याप कल्भर्ट निर्माण कार्य भइरहेको ।
 तल्लो बेङरीदेखि माथिल्लो बेङरी सडक स्तरोन्नतिको कार्य भइरहेको ।
 जाल्पादेवी थान जाने सीढी, मेशनरी वाल र रेलिङ निर्माण कार्य भइरहेको ।
 वडा कार्यालय आउने सडक कसेनी खोलामा सडक ढलान तथा जालीको काम भइरहेको ।
 आ.वि.जाते सिद्रे भवन निर्माण कार्य भईरहेको ।
 वडा कार्यालय तल थप तथा सभाहल निर्माणको कार्य अगाढी बढेको ।
 जाल्पामहादेव थान र बेलदोभान झरना पर्यटन पूर्वाधार निर्माणको कार्यअगाढी बढेको ।
 धौरी खा.पा.योजनाको मुहानको निर्माण कार्य अगाढी बढेको ।
 धौरी कुटान पिसान मिल स्थापनाको कार्य अगाढी बढेको ।
 वडामा कफी खेति प्रबद्र्धन कार्यक्रम अगाढी बढेको ।
 डिहीटार अम्बोके सडक मर्मत तथा स्तरोन्नति कार्य भइरहेको । (प्रधानमन्त्री रोजगार
कार्यक्रम साझेदारी)

आगामी प्राथामिकता

 वडा कार्यालयको व्यबस्थापन तथा सभाहल निर्माण ।
 सडक बत्ति विस्तार तथा व्यबस्थापन ।
 कफि खेति प्रबद्र्धन।
 विपदको क्षेति न्यूनिकरण र संरक्षण ।
 स्थानीय सडकहरुको स्तरउन्नति ।
 जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास ।
 वडाको आवधिक योजना निर्माण ।
 घरेलु हिंसा र बाल विवाह विरुद्धको अभियान ।
 आत्महत्या अपराध विरुद्धको अभियान ।

योजना सम्पन्न हुने चरणमा रहेको

 शाहीखोलामा सडक कालोपत्रे योजनाको कार्य भइरहेको।
 बेङरी खोलामा स्ल्याप कल्भर्ट निर्माण कार्य भइरहेको ।
 तल्लो बेङरीदेखि माथिल्लो बेङरी सडक स्तरोन्नतिको कार्य भइरहेको ।
 जाल्पादेवी थान जाने सीढी, मेशनरी वाल र रेलिङ निर्माण कार्य भइरहेको ।
 वडा कार्यालय आउने सडक कसेनी खोलामा सडक ढलान तथा जालीको काम भइरहेको ।
 आ.वि.जाते सिद्रे भवन निर्माण कार्य भईरहेको ।
 वडा कार्यालय तल थप तथा सभाहल निर्माणको कार्य अगाढी बढेको ।
 जाल्पामहादेव थान र बेलदोभान झरना पर्यटन पूर्वाधार निर्माणको कार्यअगाढी बढेको ।
 धौरी खा.पा.योजनाको मुहानको निर्माण कार्य अगाढी बढेको ।
 धौरी कुटान पिसान मिल स्थापनाको कार्य अगाढी बढेको ।
 वडामा कफी खेति प्रबद्र्धन कार्यक्रम अगाढी बढेको ।
 डिहीटार अम्बोके सडक मर्मत तथा स्तरोन्नति कार्य भइरहेको । (प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी)