Monday, November 9News That Matters

त्रिनपा १६ वडा स्तरीय भलिबलको उपाधि सुकौरा ‘ए’ लाई

पूर्णपुष्टि, कार्तिक/२३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ स्थित दिपाली तथा छैठ अवसर पारी आयोजना गरिएको वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि सुकौरा भलिवल टिम ‘ए’ प्राप्त गरेको छ । शनिवार र आईतबार माध्यमिक विद्यालय जाल्पा चिलाउनेको खेलमैदानमा आयोजित वडा स्तरीय पुरुष भलिबलको उपाधी सुकौरा ‘ए’ ले जितेको हो । यता प्रतियोगिताको दोस्रो पुरस्कार पनि सुकौराले नै लग्यो । उक्त पुरस्कार सुकौरा टिम ‘बी’ ले जित्यो । त्यसैगरी तेस्रो पुरस्का भने भोर्लेले चुमेको छ । बिजेता प्रथम, दोस्रो र तेस्रो टिमलाई क्रमश ः १० हजार, ५ हजार र ३ हजार नगद प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । यता बिद्यागत पुरस्कारहरु उत्कृष्ट स्पाइकर नगद रु ५ सय मेडल प्रमाणपत्र क्रिस थापा मगर, उत्कृष्ट लिबेरो नगद रु ५०० मेडल प्रमाणपत्र ९ भुपेन्द्र बर्देवा र उत्कृष्ट सेटर नगद रु ५०० मेडल प्रमाणपत्र भुवन कटुवाललाई प्रदान गरिएको छ ।

त्रियुगा नगरपालिका वडा कार्यालयको आर्थिक सहयोग तथा वडास्तरीय युवा खेलकुद विकास समितिको आयोजना गरिएको प्रतियोगितामा जम्मा १३ ओटा टिम सहभागी थिए । समितिका सचिव भुवन राईका अनुसार वडाको आर्थिक बर्ष २०८३÷०८४ को योजना तथा कार्यक्रम अन्तर्गत युवा लक्षित कार्यक्रम ५० हजार बजेटबाट प्रतियोगिता सञ्चालन गरिएको हो । १६ नं वडा अध्यक्ष मान वहादुर राईको प्रमुख आथित्यता तथा वडा जनप्रतिनिधिरु घमानसिंह राई सहित विद्यालयका प्रधानाध्यापकहरु, खेलकुद विकास समितिका अध्यक्ष पेसल राई लगायत व्यक्तिहरुको उपस्थितिमा प्रतियोगिता आयोजना तथा समापन गरिएको थियो । वडा अध्यक्ष मान वहादुर राईले वडाभित्रका खेलाडी युवाहरुको क्षमता अभिवृद्धि तथा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप वडाले बजेटनै छुटाएर बर्षेनी प्रतियोगिताहरु संञ्चालन गरिरहेको बताए । आउने समय र बर्षहरुमा पनि यस्ता खाले कार्यक्रमहरु निरन्तर जारी राख्ने राईको भनाई छ ।