Saturday, December 6News That Matters

त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन : खुल्ला सत्र सकेर बन्द सत्र सुरु

पूर्णपुष्टि, १४ भदौ ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका ९ बार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन गाईघाट स्थित वाँसवारी पार्टी प्यालेर्समा जारी छ । शनिवार १२ ः३० देखी सुरु भएको साधारण सभा तथा अधिवेशनको औपचारिक खुल्ला सत्र सकेर पदाधिकारी तथा व्यवसायीहरु वन्द सत्रमा छन् । रमेश रसाईलीको नेतृत्वको कार्यकाल सकिए सँगै संघले समयमानै साधारण सभा तथा अधिवेशन सम्पन्न गर्ने निधो गरे । नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आथित्यतामा साधारणसभा तथा अधिवेशनको आयोजना गरिएका थियो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै राउतले गाईघाट व्यपार व्यवसायीको हिसवाले निकै ठुलो सम्भावना बोकेको ठाउँ रहेको जनाए । उनले मदन भण्डारी हाईवेले जोडेको गाईघाट भविष्यमा व्यपार व्यवसायको ठुलो गड बन्ने जनाए । राउतले यति मात्रै नभएर गाईघाटमा व्यपार आकर्षण गर्नका लागि औद्योग स्थापना गर्नु पर्ने र त्यसका लागि औद्योगिक पार्कको निर्माण गर्नु पर्ने समेत सुझाए । उनले पूर्व मेचि देखी पश्चिम भैरवा सम्म ब्यपार मौलाउन गाईघाट बजार सम्भावित रहेको जनाए । उनले गाईघाटको व्यपार र व्यपारीलाई सफल बनाउन प्रदेशले पनि सहयोग गर्ने जनाए । उनले रमेश रसाईली लगायतका टिमले गाईघाट बजार र गाईघाटका ब्यपारीहरुलाई एक ढिक्का बनाएर त्रियुगा उद्योग बाणिज्य संघको नेतृत्व गरेकोमा धन्यवाद समेत दिए । संघका अध्यक्ष रमेश रसाईलीले बिभिन्न उत्तरचढावका बावजुत महासंघलाई नेतृत्व गर्दै व्यपारीहरुको हकहितमा लागेको जनाए । राम्रो गर्दैगर्दा पनि बिभिन्न अपजस र चुनौतीले आफुलाई नगलाएको बरु काम गर्ने जोस जाँगर बढाएर अघि बढेको जनाए ।

कार्यक्रममा गाईघाट बाहेकका उद्योगि व्यवसायी तथा वर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय उद्योगि व्यपारी तथा व्यवसायी, स्थानीय जनप्रतिनिधि, राजनितिक दल, बिभिन्न सामाजिक संघ संस्था, सुरक्षाकर्मी, कार्यालय प्रमुख तथा प्रतिनिधि, संञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।