
पूर्णपुष्टि, ५ कार्तिक ।
त्रियुगा नगर अस्पताल देउरीमा बुधबार निशुल्क स्वास्थ्य सिविर संञ्चालन गरिने भएको छ । त्रियुगा गरपालिकाको आयोजना तथा नेपाल मेडिसिटी अस्पताल ललितपुर र फुलकुमारी महत्तो मेमोरियल हस्पिटल कर्जन्हा सिराहाको प्राविधिक सहयोगमा सिविर संञ्चालन हुन लागेको हो ।
सिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, बाजोपना लगायत अन्य बिशेषज्ञ सहितको सेवा रहेको जनाईएको छ । सँगै स्त्रि तथा प्रसुति रोग सेवा, जेनेरल फिजिसियन, क्रिटिकल केयर, मुटु रोग, मानसिक रोग, यौैन तथा छाला रोग, प्रयोगशाला, दन्त परिक्षण र रेडियोलोजी लगायतको सेवा पनि सिविरमा उपलब्ध हुने छ । शिविर ९ बजे देखी ४ बजे सम्म हुने जनाईएको छ ।

