Thursday, April 24News That Matters

दुर्गम गाउँमा शिक्षा अझै असहज : उपराष्ट्रपति यादव

पूर्णपुष्टि, १५ पुष ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुर्गम गाउँहरुमा अझै पनि धेरैमा शिक्षाको पहुँच नपुगेको जनाए । शहरी क्षेत्रमा शिक्षाको पहुँच सहज भएपनि दुर्गममा अझै पनि धेरैमा शिक्षाको पहुँच नपुगेको यादवले जनाए । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो । जसले मानिसलाई शसक्त आत्मनिर्भर र सेचेत बनाउँछ । ज्ञान, सहि व्यवहार र सिप एवम विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले जिवनको कठिन समयमा चुनौतिहरुको सामना गर्न सहयोग गर्छ, “यादवले भने” ।

यो सँगै शिक्षाले देशको विकास र समृद्धिमा पनि सहयोग पुराउने यादवको भनाई थियो । खासगरी छोरीचेलीहरुलाई कम उमेरमै शिक्षाबाट बन्चित गरिने भएको हुँदा यस प्रति सबै पक्षहरुको ध्यान जानु पर्ने पनि उनको भनाई छ । यादव उदयपुरको चौदण्डीगढी नगरपालिका ८ स्थित स्वरस्वती माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्तीको उद्घाटन गर्न उदयपुर आएका थिए । यादवले विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालय, स्थानीयवासी, जनप्रतिनिधि र उपस्थित सबैलाई हार्दिक धन्यवाद सँगै सुभकामना समेत ब्यक्त गरे । उनले विद्यालयको उत्तरोत्तर प्रगति कामना समेत गरे । यादवले चौदण्डीगढीको भौगोलिक बारे जानकार राख्दै मध्येकालिन इतिहाँस बोकेको नगरको रुपमा बताउँदै सेनहरुको आदिपत्यमा भएको र किरातहरुको शासन रहेको समेत उनले बताए । स्वर्ण जयन्तीमा उपराष्ट्रपति यादव सँगै संघिय सांसद डा. नारायण खड्का र चौदण्डीगढीका मेयर कालुमान लामाको पनि उपस्थित रहेको थियो ।