
पूर्णपुष्टि, चैत्र १७ । नागरिक उन्मुक्ती पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने भएकी छन् । सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार (नाउपा) ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको सांसद गंगाराम चौधरीले बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा चार सांसद रहेको मध्ये अध्यक्ष चौधरीलाई नै मन्त्री बनाउने पार्टीले निर्णय गरेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । आज दिउँसो तिन बजे मन्त्रीहरुले सपथ ग्रहण गर्नेछन् ।
