Tuesday, November 18News That Matters

नेकपा एस बिभाजित हुने निश्चित, माधवलाई छाडेर झलनाथको छुट्टै भेला

पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १५ गते ।
विभाजनतर्फ उन्मुख एकीकृत समाजवादी पार्टीले छुट्टा छुट्टै भेला गरेको छ । शनिवार माधवलाई छाडेर झलनाथ पक्षले छुट्टै भेला बोलाएको छ । यस अर्थमा नेकपा ९एकीकृत समाजवादी०पार्टी विभाजन हुने निश्चित भएको छ ।

नेकपा ९माओवादी केन्द्र० लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट भएपछि एकीकृत समाजवादी औपचारिक रूपमा विभाजन हुने भएको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा पंक्ति पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए ।

यद्यपि केन्द्रीय समितिबाट बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन हुने भएको हो ।

सम्मानीत नेता झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलाएको छ। भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ ।

‍भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल सहित सय बढी केन्द्रीय उपस्थित हुने दाबी झलनाथ पक्षले गरेका छन् ।