
पूर्णपुष्टि, १० माघ ।
त्रियुगा नगरपालिका वडा नं १४, १५ र १६ मा बन्ने हिलस्टेशनको सिलन्यास पूर्व मन्त्री तथा माओवादी नेता सुदन किरातीले गर्ने भएको छ । पूर्व सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका राईले उदयपुरको त्रियुगा १५ मा रहेको पर्यटकीय डाँडा बैथुम्की डाँडाँबाट हिलस्टेशनको सिलन्यास गर्ने भएको हो । भोली (शुक्रबार) तिनै ओटा वडाको हिलस्टेशन बाख्खोर बैथुम्की डाँडाँमा एकै साथ गरिने भएको हो ।
तिनै वडा त्रियुगा १४ साउने, १५ रानिवास र १६ जाल्पा चिलाउनेको संयुक्त आयोजनामा सिलन्यासको काम अघि बढाईएको हो । माओवादी केन्द्र त्रियुगा नगर अध्यक्ष समेत रहेका १६ नं वडाअध्यक्ष मान वहादुर राईले सिलन्यास कार्यक्रममा उपस्थितिका लागि सबैमा आह्वान गरेको छ । त्रियुगा नगरपालिका भित्र पर्ने तिन ओटा पहाडी वडाहरुमा हिलस्टेशन निर्माण गरिने भएको हो । यस स्टेशनले पर्यटकहरुको आगमनलाई बढाउने जनाएको छ । हिलस्टेशन बिषेशगरी गर्मि छल्न र रमाईलोका लागि पर्यटकहरुले रुचाउने स्थान हो ।