Tuesday, April 21News That Matters

प्रचण्डसँग मिलेर अघि बढे मात्र समाजवाद सम्भव: रञ्जित तामाङ

पूर्णपुष्टि, असोज १० ।  अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले प्रचण्डसँगै विद्यार्थी आन्दोलन अघि बढे मात्र समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन् । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यो कुरा व्यक्त गरेका हुन् ।

तामाङले भने, “प्रचण्डको नेतृत्व र विद्यार्थी सँगसँगै अगाडि बढेमात्र हामी समाजवादमा पुग्न सक्छौँ । अहिले सम्पूर्णले उहाँलाई सहयोग र समर्थन गर्नुपर्छ ।”

उनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय, विश्वविद्यालय सुधार लगायत विषयमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । साथै, उनले विद्यार्थीहरूलाई २०८४ सालमा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन आग्रह गरे । तामाङले अखिल क्रान्तिकारीलाई “घरको बाघ” नभई “वनको बाघ” भन्ने तथ्यलाई प्रमाणित गर्न यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।