Monday, April 20News That Matters

प्रदेश १ को एमाले सरकार नढल्ने राज्यमन्त्री अधिकारीको भनाइ

पूर्णपुष्टि, कार्तिक १२ ।
अहिलेको १ नं. प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको आकलन भइरहदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लव अधिकारीले विश्वासको मत लिएर सरकार टिक्ने बताएका छन् । अहिलेको प्रदेश सरकारले विश्वासको मत नपाउने कुनै कारण नरहेको बताए । प्रादेशिक सञ्चार प्रतिष्ठानले उदयपुरको गाईघाटमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । राजनीति सम्भावनाको खेल हो भन्दै ठूलो दलको नाताले विश्वासको मत पाउने उनले बताए ।

यो सरकार ढलेर अर्को सरकार आएपनि विश्वासको मत लिनुपर्ने, त्यो विश्वासको मत नपाउनेमा समस्या रहेको बताए । त्यसो भएपछि ठूलो दलको नाताले एमाले नै सरकारमा पुग्ने बताए । एमाले सत्ताबाट नै चुनावसम्म हुने सम्भावना रहेको बताए । राजनीतिमा पाउने र गुमाउने खेल स्वभाविक रहेको भन्दै सत्ता सधै टिक्नु ठूलो कुरा नभएको बताए । आज सत्ता गुमेपनि फेरी एमालेले लिने तागत रहेको बताए ।

एमाले फुटेपछि १ नं. प्रदेश सदनमा एमाले अल्पमतमा परेको छ । एमालेबाट फुटेको नेकपा एससहितको गठबन्धनको सरकार बन्ने सम्भावना छ । हालका मुख्यमन्त्री भिमप्रसाद आचार्यमाथि अविश्वासको प्रस्ताव ल्याई सत्ता हात पार्ने दाउमा रहेको गठबन्धनको आन्तरिक कुरा नमिलेपछि यसअघि नै ढलिसक्नु पर्ने सरकार अझै छ ।