
पूर्णपुष्टि, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रदेश प्रमुखहरुबिच भेटवार्ता भएको छ । काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।
