
पूर्णपुष्टि, २८ जेष्ठ ।
उदयपुरको बेलका नगरपालिकामा साकेला उभौलीको भव्य समापन गरिएको छ । बुधबार बेलका नगरपालिका वडा नं ६ को किरात चोक साकेला पार्क स्थित साकेला नाचगान र औपचारिक कार्यक्रमका बिच साकेला उभौली समापन भएको हो । किरात समुदायहरुको महान चाँड साकेला यो बर्षको लागि धमाधम समापन हुँदैछ । प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आथित्यतामा साकेला समापन गरिएको छ । किरात राई यायोख्खा बेलका नगर समितिको आयोजना तथा वडा कार्यसमिति ३ र ६ को सह आयोजनामा साकेला सिल्ली नाचगान सँगै यलेदोङ ५०८५ को शुभकामना आदान प्रदान सहित कार्यक्रम समापन गरिएको हो । साकेलामा पालिका भरी रहेका सबै वडामा वसोवास गर्ने किरात समुदायहरुले सहभागी जनाएका थिए ।