Friday, May 22News That Matters

माओवादी नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमण प्रयास

पूर्णपुष्टि, चैत ७ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । कोशी प्रदेश नामाकरण गरेको भन्दै पहिचानवादीहरुले आङ्बोमाथि आक्रमण प्रयास गरेको हो । आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन । ‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भयो’, उनले भने, ‘आक्रमण गर्नेको पहिचान भएको छैन, अनुसन्धान गरिरहेका छौं ।’ सोमबार पनि पहिचानवादीले ओखलढुङ्गामा मुख्यमन्त्री कार्कीमाथि आक्रमण प्रयास गरेको थियो ।