
पूर्णपुष्टि, जेठ १
उदयपुरको रौतामाई गाउँपालिकामा सुरुको अवस्था अग्रता लिएको नेकपा एमाललेलाई उछिन्दै गठबन्धनले अग्रता लिएको छ । पालिकाको वडा नं. १ र ३ को मत गणनामा अग्रतामा रहेको एमालेलाई वडा नं. ६ को मतगणनाले पछाडि पारेको हो ।
अग्रता लिएको गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरको १,३५३ मत रहेको छ । उनको निकटतम प्रतिद्वन्द्वि एमालेका भरतबहादुर थापाको १,२१३ रहेको छ । उपाध्यक्षमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनतर्फ उपाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका भुपेन्द्र थापाको १,२१३ रहेको छ भने एमालेका कुमारी राना ज्यू ठकुरीको १,१७० रहेको छ । सो पालिकको तीनवटा वडाको मत परिणामबाट १ र ३ वडामा एमालेको प्यानल विजयी भएको छ भने वडा नं. ६ मा गठबन्धनतर्फको जीत भएको छ ।
