Tuesday, April 28News That Matters

रौता पोखरी : बर्षामा पनि रोकिएन माओवादीको श्रमदान

पूर्णपुष्टि, १८ साउन ।

उदयपुरकै प्रमुख पर्यटक तथा धार्मिक स्थल रौता पोखरीमा माओवादीले श्रम तथा सरसफाई अभियान चलाएको छ । रौतामाई गाउँपालिकाको नेकपा माओवादी केन्द्र वडा नं ६ वडा कमिटिको आयोजनामा शनिवार रौता पोखरीमा श्रम तथा सरसफाई अभियान संञ्चालन गरेको हो । अभियानमा पार्टीका नेता तथा कार्यकर्ताहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो । स्थानीयवासी तथा माओवादी केन्द्र उदयपुर जिल्ला पार्टी सदस्य समेत रहेका युवा नेतृत्व शुक्र राईको अगुवाईमा अभियान संञ्चालन भएको हो ।

उनिहरुले अभियानमा बिभिन्न तिन महत्वपूर्ण काम गरेको छ । जस अन्तर्गत रौता पोखरी नजकि नेपालको झण्डा गाडिएको छ भने बृक्षा रोपन सँगै पोखरी आसपासका फोहोरहरु सरसफाई गरिएको छ । बिषेश तया पोखरी नजिक रहेको सिडी र कंक्रिट निर्माणमा फलाएको फोहोरहरुलाई सरसफाई गरिएको छ । त्यस्तै आसपासका अनावश्यक झारपातहरुलाई व्यवस्थापन गरिएको छ । झरीका कारण सहजले काम गर्न नसकेपपनि मौसम असहजतामै अभियान सफल बनाएको छ । राईले यो अभियान नरोकिने जनाए । श्रम मार्फत मात्रै देश विकास गर्न सकिने र राजतितिक पार्टीलाई जनताहरुले भाषणमा नभई काममा विश्वास गर्ने हुँदा माओवादीका युवाहरु अब श्रम तर्फ जोडिने राईको भनाई छ । उनले रौता पोखरीलाई संरक्षण र प्रवद्र्धनमा जोड दिन पनि यस अभियान आवश्यक रहेको जनाए ।

पोखरीको जिम्मा लिने निकायहरु पोखरीको संरक्षणमा चासो नराखेको पनि राईको भनाई छ । आएको बजेट आफ्नो व्यक्तिगत स्वार्थमा परिचालन हुँदा रौता पोखरी अव्यवस्थित बन्ने डर रहेको उनको भनाई छ । अव यसको व्यवस्थापन र लापर्वाही माओवादी युवाहरुले गर्ने उनको भनाई थियो । अभियानमा माओवादी सांसद सम्झना पाख्रिन, माओवादी नेता तथा प्रदेश सचिवालय सदस्य एविराज राई लगायत नेता कार्यकर्ताहरुको सहभागी रहेका थिए ।