
पूर्णपुष्टि, १ असार ।
नेकपा एमाले उदयपुरले जिल्ला, नगरदेखी वडा अधिवेशन धमाधम गरिरहेको छ । जिल्ला अधिवेशन सकेर पालिका अधिवेशनमा होमीएको एमाले उदयपुर वडाहरुकाे अधिवेशनमा रहेको छ । पार्टीले जिल्लाको सबै पालिकाहरुमा वडा अधिवेशनको कामलाई अघि बढाईरहेको छ ।
पार्टीले लिम्चुङबुङ गाउँपालिकामा वडा अध्यक्ष टुँगो लगाएको छ । एमाले जिल्ला सदस्य राजकुमार राईका अनुसार वडा नं १ बास्बोटेमा विष्णुराज राई, वडा नं २ ताम्लिछामा रामबहादुर माझी, वडा नम्वर ३ बाराहामा डम्बर कार्की, वडा न. ४ वालम्तामा मनोज राई र वडा नं ५ जाँतेमा मेगबहादुर कार्की अध्यक्षमा चयन भएका छन् ।
पार्टीले लिम्चुङबुङसहित बिभिन्न पालिकाहरुमा वडा अधिवेशन सम्पन्न गर्दै आएको छ । भर्खरै पालिका अधिवेशन सकेर वडाअधिवेशन तर्फ पार्टी होमिएको हो ।