Friday, July 11News That Matters

लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

पूर्णपुष्टि, २० जेष्ठ ।
उदयपुरकै पहाडी पालिका लिम्चुङबुङमा गाउँपालिकामा विदेशी पर्यटक पुगेको छ । सोमवार काठमाण्डौँ हुँदै लिम्चुम्वुङ पुगेका अमेरिकी विदेशी पर्यटकहरुलाई पालिकाले भव्य स्वागत गरेको छ । करिब १० जनाको टोली रहेका उनिहरुलाई पालिकाले स्वागत तथा न्यानो मायाँ देखाएको छ ।

लिम्चुङबुङ गाउँपालिकाको बारेमा उनिहरुले थाहा पाएपछि त्यस ठाउँमा आउने निधो गरेका थिए । पालिका स्थित एभरेष्ट भ्यु टप, राई चोक र छाँगे झर्नामा उनिहरु रमाएका छन् ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णशेर राईको समन्वय र सहजीकरणमा उनिहरुलाई स्वागत गरिएको थियो । उनिहरुलाई रमणीय स्थानहरुमा घुमाउन पनि अधिकृत राईले नै सहजीकरण गरेका छन् ।

उनिहरु बिषेशतया त्यहाँका वातावरण र भुगोल सँग रमाईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । खानपान र हावापानी बिषेश रुचाएका उनिहरु ३ दिन सम्म त्यस ठाउँमा रहने अध्यक्ष राईले जनाए । पछिल्लो समय लिम्चुङबुङमा पर्यटकीय गन्तव्यको लागि जताततै चर्चा हुन थालेपछि विदेशी पर्यटकहरु समेत आउन थालेको हो ।