Tuesday, March 10News That Matters

लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको पाँचौ बैठक सम्पन्न, केके भयो निर्णय ?

पूर्णपुष्टि, १७ असार ।
लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना व्यवस्थापनको पाँचौ बैठक सम्पन्न भएको छ । सोमवार गाईघाट स्थित होटल कोहवरमा बैठक सम्पन्न भएको हो । त्रियुगा नगर प्रमुख तथा लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिका अध्यक्ष समेत रहेका बसन्त बस्नेतको सभाध्यक्षमा बैठक सम्पन्न भएको हो ।

बैठकमा बस्नेत सहित उप्रमुख महेश्वरी राई, चौदण्डीगढीका मेयर कालुमान लामा उपमेयर मणिका देवी दुलाल, कटारीका नगर उपप्रमुख गिता खड्का, लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, त्रियुगा नगर सामाजिक बिकास शाखा प्रमुख राजकुमार खड्का लगायतका कर्मचारीहरु थिए । यता जिल्ला अस्पताल उदयपुरबाट डा. रन्दिप राउत, उपस्थित रहे भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमन बानिया, प्रहरी नायव निरिक्षक तारा सिंह अधिकारी उपस्थित हुँदा ओसिएमसी बाट रन्जना ताजपुरिया र सरस्वती पौडेल लगायतका प्रतिनिधिहरु उपस्थित रहे ।

लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि यी सबै प्रमुख तथा प्रतिनिधिहरुको आवश्यक रहन्छ । सोही आवश्यकता अनुरुपको प्रमुख तथा प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थितिमा बैठक चलाईएको थियो । बैठकले महत्वपूर्ण ६ ओटा प्रस्तावमाथी छलफल चलाएर निर्णय गर्न सफल भएको छ । सम्बन्धित संघ स्था तथा कार्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय लगायतका प्रमुख तथा प्रतिनिहिरु सहित जम्वो टोलीको उपस्थितिमा गरिएको उक्त निर्णयले र्लैगिक हिंसा क्षेत्रमा काम गर्न मदत पुग्ने ओसिएमसी नेपालकी बरिष्ठ मनोपरामर्शदाता रन्जना ताजपुरियाले बताउनुभयो ।

जिल्लामा पछिल्लो समय मौलाईरहेको लैंगिक हिंसा सबै तह तप्काबाट जिम्मेवारी बन्न आवश्यक रहेको भन्दै यसका लागि परियोजना व्यवस्थापन तथा जिल्लामा लंैगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिनै खडा भएको उहाँको भनाई छ । यस्तै यु.एन.एफ.पिए. उदयपुरका कार्यक्रम संयोजक राजकिशोर साफिका अनुसार बैठकले पाँचौ बैठक सम्वन्धमा, चौँथो बैठकको छलफल समिक्षा सम्बन्धमा, आर्थिक बर्ष २०८१÷८२ को प्रगति परियोजना र स्थानीय सरकारको लागत साझेदारी, ओसिएमसीको दिगो व्यवस्थापन र बिबिध सम्बन्धमा गरी महत्वपूर्ण ६ प्रस्तावमा बैठक गरिएको हो । बार्षिक प्रगति प्रस्तुत गर्दै साफिले यस बर्षको निति तथा कार्यक्रमबाट उदयपुरको सबै पालिकाहरुले बजेट बिनियोजन गरेको जनाउनुभयो । गत बैठकहरुमा स्थानीय पालिकाहरुले गरेको प्रतिवद्धता अनुसार केहिले भने बमोजिम त कोहीले भनेभन्दा कम भएपनि बजेट बिनियोजन गरेको साफिको भनाई छ । यसले लैंगिक हिंसाको क्षेत्रमा स्थानीय सरकारहरु जिम्मेवारी देखाएको उहाँको भनाई छ ।

यस कार्यक्रमका लागि पालिकाहरुले गरेको प्रतिवद्धता अनुसार त्रियुगा नगरपालिका र बेलका नगरपालिकाले ३ मा तिनै लाख बजेट बिनियोजन गरेका छन् भने लिम्चुङबुङ र रौतामाईले पनि भने बमोजिमकै बजेट २ मा दुई लाख बिनियोजन गरेका छन् । यता कटारीले ३ लाख भनेकोमा एक लाख, चौदण्डीले ३ मा दुई लाख, ताप्लीले २ मा एक लाख र उदयपुरगढीले पनि २ मा एक लाख गरी १५ लाख बजेट बिनियोजन भएको छ । कार्यक्रमका लागि २० लाख बजेटको तार्गेट रहेको थियो ।

यस बजेटले हिंसा सम्बन्धि काम गर्नका लागि स्रोत व्यवस्थान गरेको छ भने ओसिएमसीलाई दिगो स्रोत व्यवस्थापनमा सहयोग पुगेको छ । लंैगिक हिंसा न्युनिकरण तथा प्रतिकार्यको क्षेत्रमा हाल ओसिएमसी नेपाल उदयपुरले महत्वपूर्ण जिम्मेवारको भुमिका लिएको छ । ओसिएमसी उदयपुरका तथ्याँङक अनुसार ४०३ जना पिडितहरुलाई आवश्यक सेवा प्रदान गरिएको छ । जसमा १६ जनालाई गर्भवती, २१ जनालाई स्थनपान, १३२ जनालाई अनुगमन सेवा, २१ जनालाई पशुपालन, कृषि र सिलाईमा तालिम, ९ जनालाई ब्युटिपार्लर तालिम, ९ गम्भीर मुद्धाहरुलाई कोशी नेपाल रेफर जस्ता आवश्यक सेवाहरु प्राप्त गरेको छ ।

यस्तो छ पाँचौ बैठकको निर्णय