
पूर्णपुष्टि, गाईघाट असार २० गते ।
सरस्वती सामुदायी बन उपभोक्ता समितिले आफ्नो कार्यक्रममा निकै राम्रो कार्ययोजनामा पनि ल्याएको छ । त्यो योजना हो, जाहाँ आफ्नो उपभोक्ताहरुको दुर्घटना विमा । उक्त सामुदायीक वनले करिब आफ्नो झण्डै २ सय घरपरिवारलाई भैपरि आउने दुर्घटना विमा समेत गराएको छ । जसमा वनले प्रत्येक घर परिवारकोलागि १५० रुपयाँ विमा वापत जम्मा गरिदिएको छ । उक्त पैसा वन आफैले जम्मा गरिदएको हो भने प्रत्येक बर्ष उपभोक्ताहरुले ५० रुपयाँ नविकरण मात्रै गरे पुग्छ । यो कार्यक्रम अहिले त्यहाँको उपभोक्ताहरुका लागि निकै फलदायी बनेको छ । समितिको पूर्व सदस्य समेत रहेको दोच नारायण श्रेष्ठ गत चैत्र ५ गत्ते मात्रै डलेर घाईते भए । लडेर घाईते भएका श्रेष्ठको घाँटी बाँगीयो । श्रेष्ठलाई तत्काल हस्पिटल पुराई उपचार गरियो । उनि अहिले सामान्य अवस्थामा फर्किएको छ । घाईते श्रेष्ठले वनले विमा गरेको कागजात जुटाएर सगरमाथा लुम्वीनी इन्सयोरेन्समा क्लेम गर्न गए । उक्त कागजातको आधारमा इन्योरेन्सले एक लाख रुपयाँ दुर्घटना विमा वापतको नगद चेक हस्तान्तरण गरेको छ । उनको परिवारको नाममा वनले मात्रै १५० रुपयाँ जम्मा गरिदिएको थियो । तर त्यही १५० रुपयाँ एक लाख बनेर आएकोमो उनले खुसी ब्यक्त गरे ।
करिब ४ लाख बरावर खर्च लागेकोमा विमा बापत एक लाख जुटेकोमा श्रेष्ठ निकै खुसी छन् । हस्पिटलमा पैसाको अभावमै उपचार सकेर फर्केका उनको परिवार एक लाख पाउँदा निकै खुसी छन् । यो भन्दा पहिले पनि समितिले अर्का एकजना घाईते उपभोक्तालाई पनि विमा बापतको भुक्तानी प्रदान गरिसकेको छ । वन अधिकृत समेत रहेको जागेश्वर शाहले यो कार्यक्रममालाई थप जोड गर्नु पर्ने बताउँछन् । उपभोक्ताहरु काम गर्ने शिलशिलामा बिभिन्न कारणबस दुर्घटनामा पर्न सक्ने हुँदा विमा कार्य योजना निकै प्रभावकारी र उदाहरणीय बनेको शाहको भनाई छ । साहले यस्तो राम्रो कार्यक्रममलाई अरुले पनि सिरोपर गर्ने र योजना बनाउनु पर्ने जनाए । यसका लागि प्रचार प्रसार आवश्यक रहेको शाहको भनाई छ । शाहले विमा मार्फत यसरी सानो रकममै ठुलो मदत पुग्ने बजेट बनेर आउँने हुँदा यो कार्यक्रमलाई सबैले लागु गर्नु पर्ने पनि सुझाए ।
समितिका सचिव कोपीला राउतले सबै उपभोक्ताहरुलाई विमामा जोड्न पहल भैरहेको बताईन् । १५० रुपयाँले एक लाख भुक्तादी पाएको उदाहरण ँिददै राउतले भनिन,“ १५० रुपयाँले आज भोली मम समेत आउँदैन, कायौँ खर्च गर्न सक्ने हामि विमाको लागि १५० रुपयाँ बचत गर्न सक्दैनौँ,” अब यसबारे सबै उपभोक्ताहरु सचेत बनेर बिमामा जोडिनु पर्छ राउतले भनिन् ।
