
पूर्णपुष्टि, २३ जेष्ठ ।
जिल्ला अस्पताल उदयपुरले विपद्मा परेका विरामीहरुलाई कसरी छिटो र ब्यवस्थित उपचार प्रदान गर्ने भन्ने बारे अभ्यास गरेको छ । शुक्रबार जिल्ला अस्पताल उदयपुर परिसरमा डाक्टर, कर्मचारी, विरामी, प्रहरी र पत्रकारहरु सहितको भुमिकामा आधारित अभ्यास गरिएको हो । यो बर्षको बर्षा प्रवेश गरिसके सँगै यस बीचमा आई पर्ने विपदलाई उपचार मार्फत व्यस्थित गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै अभ्यास गरिएको हो ।
त्यसका लागि अस्पतालमा आईपर्ने समस्याहरुलाई अभ्यासमा देखाईएको छ । अस्पतालमा अचानक बिरामीहरु आउने गर्छन सबैले छिटो र व्यवस्थित उपचार चाहान्छ, तर अस्पतालको व्यवस्थापनको कमिकमजोरी र बिरामीहरुको जवरजस्तीले पनि अस्पतालको उपचारमा अस्तव्यस्त बनाउने गर्छ । सोही अवस्थाको समधान गर्न अस्पतालले रेड, यल्लो, ग्रिन र ब्लयाक गरी ४ भागमा छुटाएको छ । यी सबै खाले अवस्थाको व्यवस्थापन समेत गरिएको छ । यसलाई कार्यन्वयन गर्न सहजका लागि अभ्यास गरिएको अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जनाए ।
बिरामीको सिंग्नल अनुसार उपचार व्यवस्थापन गर्न सर्वसाधरहरुलाई समेत सचेत गराउनका लागि यो अभ्यास गरिएको पाण्डेले जनाए । पाण्डेका अनुसार जिल्ला अस्पताल उदयपुरमा हाल पर्याप्त रुपमा चिकित्सकहरु रहेको जनाए । उदयपुरका हकमा यस्ता विपदका बिरामीहरु ५० हाराहारीमा उपचार गर्न सकिने जनाए । पाण्डेले विपदमा सबै कुराहरु हतारमा गर्नु पर्नाले कहि सिरियस बिरामीहरुको उपचारमा प्राथामिकता दिन नसकिने अवस्था आउने जनाए । सोही समस्यालाई निराकरण गर्न अभ्यास गरिएको हो । यस अभ्यासमा भिआईपीहरुका लागि र संञ्चारकर्मीहरुका लागि छुट्टै व्यवस्थापन गरिएको छ । उपचारकै क्रममा पत्रकारहरुले पनि रिपोट गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै उनिहरुका लागि सूचना प्रदान गर्ने स्थानलाई पनि अभ्यासमा देखाईएको छ । यो सँगै बिरामीहरुलाई रेफर गर्ने स्थान, सामान्य विरामी सेवा, इमेरजेन्सीमा छिर्ने ढोका र सामान्यमा छिर्ने ढोका जस्ता कुराहरुलाई व्यवस्थित गरिएको छ । अस्पतालका नर्स इन्चार्ज छावित्रा राईले सबै बिरामीहरु अस्पताल आउने वित्तिकै इमेरजेन्सी जानु पर्ने बुझाई छ । अभ्यासले सबैको जिम्मेवारलाई सुसुचित गराएको राईको भनाई छ ।