
पूर्णपुष्टि/सप्तरी, पुष ८ गते ।
सप्तरी स्थित शिसुवारीका युवाहरुले विद्यार्थीहरुलाई न्यायो कपडा सहयोग गरेको छ । शनिवार सप्तरी जिल्लाको शुरुङगा नगरपालिका २ राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । शेखर कार्कीको नेतृत्वमा करिब २८ जना स्थानीय युवाहरुले विद्यार्थीलाई न्यानो कपडाको लागि आर्थिक सहयोग गरेका थिए । देश विदेशमा रहेका स्थानीय युवाहरुले जाडोमा विद्यार्थीहरुलाई चिसोबाट जोगाउन कपडा वितरण गरिएको थियो । न्यानो कपडाले विद्यार्थीहरुलाई चिसोबाट बचाउनुका साथै विद्यालय जान हौसाला समेत प्रदान गरेको शेखर कार्कीको भनाई छ । कपडाको लागि युवाहरुबाट १ लाख ३३ हजार ७ सय ७२ रुपयाँ जम्मा भएको थियो । उक्त रकमले ६७ जना विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको कार्कीको भनाई छ ।
कपडा वितरण सुरुङा नगपालिकाकी प्रमुख गिता कुमारी चौधरीको प्रमुख उपस्थितिमा भएको थियो । कपडा वितरण गर्दै प्रमुख चौधरीले युवाहरुको यस्तो कार्यले शिक्षामा गुणस्तर बढाउने जनाईन् । उनले युवाहरुको यो सक्रियतालाई धन्यवाद दिँदै नगर गाउको शिक्षा गुणस्तरीय बनाउन थप गतिविधि संञ्चालन गर्न अनुरोध गरिन् ।

