Friday, February 14News That Matters

स्कटल्याण्डकी पुर्वमन्त्री निकोला स्टर्जन पक्राउ

पूर्णपुष्टि, जेष्ठ २९ । स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ परेकी छन् । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई आइतबार पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।

प्रहरीले निकालेको विज्ञप्तीमा उनको नाम नलिई भनिएको छ ‘एक ५२ बर्षीया महिलालाई शंकास्पदका रुपमा हिरासतमा लिएर सोधपुछ भईरहेको छ । गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टी गरे कि उनी आइतवार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।

प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतवार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।