
पूर्णपुष्टि, २४ चैत्र ।
होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको अध्यक्षमा डेविट बस्नेत दोहोरिएका छन् । उनि दोस्रो पट संघको अध्यक्षमा चयन भएको हो । शनिवार संघको पहिलो साधारण सभा तथा अधिवेशनले बस्नेतको नेतृत्वमा २१ जना कार्यसमिति चयन गरेको हो । अधिवेशनमा १९ जना कार्य समिति बनेको र बाँकी दुई जना मनोनयन गरी जम्मा २१ जना समिति निर्माण भएको हो । यता महासचिवमा पनि इश्वरमान इश्वरमान राई दोहोरीएको छ । अध्यक्षमा बस्ने र महासविवमा राई दोहोरीदा वरिष्ठ उपाध्यक्षमा सुनिता रेग्मी, उपाध्यक्षमा प्रतापसिंह राई, सचिवमा श्रवणकुमार चौधरी, सुमन कोइराला र कोषाध्यक्षमा सुरज साह चयन भएको छ ।