
पूर्णपुष्टि, चैत २ । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको @pm_nepal ट्विटर एकाउण्ट पुन : सञ्चालनमा आएको छ । हिजो बेलुका देखी ट्विटर ह्याण्डलमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विट गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार ट्विटर ह्याण्डलमा टू एफए लगायतका सुरक्षा सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत भएको घटनाबारे छानबिन र यसबारे सत्यतथ्य चाडैं सार्वजनिक गरिने छ ।
