Saturday, May 17News That Matters

६० किलो मिटर दुरी छिचोल्दै हलेशी पुग्यो ढाक्रे पदयात्रीहरु

पूर्णपुष्टि, ९ बैशाख ।
बाखोर–लिम्चुङबुङ– हलेशी “ढाक्रे पद यात्रा” का यात्रीहरु ४ दिनमा हलेशी महादेव थान पुगेको छ । शनिवार देखी सुरु गरिएको यात्राको ६० किलोमिटर दुरी छिचोल्दै मंगलबार खोटाङको हलेशी पुगेको हो । यात्रालाई रैथाने खाना र रैथाने बासले मनोरञ्जन बनाएको थियो । लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गरी तिन ओटा पालिकालाई समेट्दै यात्रा तय गरिएको थियो । उदयपुरगढी ७ बाखोरबाट सुरु गरिएको यात्राको पहिलो दिन १० किलोमिटर यात्रा गरिएको थियो भने दोस्रो दिन १७ किलोमिटर र तेस्रो दिन २२ किलो मिटर र चौथो दिन ११ किलो मिटर यात्रा गरेका थिए ।