Thursday, April 30News That Matters

६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

पूर्णपुष्टि, ६ कार्तिक

नेपाल रेडक्रस सोसाईटी उदयपुर (नेरेसो) हाल दुई समूहमा बिभाजित बनेको छ । लामो समय बिनोद कुमार बस्नेतले नेतृत्व गरेको नेपाल रेडक्रस सोसाईटीलाई अपार्दशि ढंगले तहस नहस बनाएको आरोप लागेपछि बिवादित बन्यो ।

हाल उदयपुरमा मदनराज कटुवाल र शम्भु पौडेको छुट्टाछुट्टै समिति छ । यी दुवै समूहले आफ्नै आफ्नै तरिकाले काम गरिरहेको छ । रेडक्रस सोसाईटी उदयपुर यो अवस्था सम्म आईपुग्दा एक पटक ६९ सालको नेतृत्वलाई फर्केर हेर्नु पर्ने अवस्था आएको छ ।

उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भन्दै ब्लड बैँकको रुपमा अक्षय कोष खडा गर्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले उठाएर दिएको पैसाको बेखबर छ । उक्त रकम यतिवेला मलेसियामा बसेर पसिना बगाईरहेका नेपालीहरुले सोधी खोजी गर्न थालेको छ ।

                            सहयोगीदाताहरुको शिलालेख बेवारिसे अवस्थामा टुटफुट भएको छ ।

२०६८ सालमा मलेसिया बस्ने एक सय दश जना नेपालीहरुले उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भनेपछि रकम उपलब्ध गराएको थियो । ५ लाख बराबरको अक्षय कोष खडा गर्ने भनेपछि उनिहरुले अक्षय कोष खोल्नका लागि पहिलो चरणमा ३ लाख ९ हजार रुपयाँ उपलब्ध गराएका थिए । पत्रकार सम्मेलननै गरी बुझाएको ३ लाख रुपयाँ आज सम्म आएर नत अक्षय कोष नत कुनै काममानै प्रयोग । त्यो समयमा बिनोद कुमार बस्नेत सभापति र शम्भु श्रेष्ठ मन्त्री थिए । ३ लाखनै गडबढ गरेपछि अन्य पैसा मलेसिया बस्ने ती नेपालीले थप्न सकेन । पार्दशितामाथी प्रश्न उठेपछि उनिहरुले अन्य पैसा भने दिन नसकेको सहयोगदाताहरुको भनाई छ । उक्त अक्षय कोष रकम संकलनको लागि मलेसिया काम गर्ने उदयपुरवासीहरुले समितिनै बनाएर रकम जम्मा गरेका थिए ।

लेखराज भट्टराईको संयोजकमा बनेको समितिले ३ लाख ९ हजार पैसा १३ बर्ष अगाडी सभापति बिनोद कुमार बस्नेतलाई बुझाएको देखिन्छ । संयोजक भट्टराईले बिदेशमा बसेर पसिना बगाएको पैसा रेडक्रस सोसाईटी उदयपुरले बदमासी गरेको भन्दै खोजी निति सुरु गरेको जनाए । मलेसियाबाट २ महिना अघि मात्रै नेपाल फर्केका भट्टराईले कि अक्षय कोष खोल्नु पर्ने नत्र पैसा फिर्ता गर्नु पर्ने माग राखेका छन् ।

उक्त अक्षय कोष नखोलेपछि सहयोगीदाता राम कुमार राईले जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदनै दिएका थिए । तर त्यो निवेदनको कुनै पनि निकायहरुले सुनुवाई नगरेको जनाएको छ । उनले अक्षय कोषको नाममा ठगी गरेको भन्दै दोषी उपर कार्वाहीको माग गर्दै निवेदनै दिएका थिए । अक्षय कोषको नाममा दिएको रकम उदेश्य अनुसार प्रयोग नगरेपछि सहयोगीदाताहरुले प्रश्न गर्दै आईरहेको छ । प्रश्न गर्ने र रकमबारे सोधी खोजी गर्दा उल्टै धम्की दिएको र अश्लिल शब्द प्रयोग गरेको राम कुमार राईको निवेदनमा उल्लेख छ । संयोजक भट्टराईका अनुसार अक्षय कोष खडा नभएपछि आफुले उठाएको रकमको प्रश्न आफुमाथिनै तेर्सिएको जनाए । मलेसिया बस्ने उदयपुरवासी बाहेकले पनि उक्त अक्षय कोषका लागि रकम सहयोग गरेका संयोजक भट्टराईको भनाई छ । तर उदेश्य अनुसार रकम प्रयोग नगरेको भन्दै आफुलाई प्रश्न गरेको र पैसा फिर्ता माग गरेको उनले जनाए । नेतृत्वले पार्दर्शिता भुलिदिँदा उल्टै आफुमाथि समस्या आयो, भट्टराईले भने, । उनिहरुले उक्त पैसा कि फिर्ता गर्नु पर्ने नत्र ठगी गर्ने दोषी उपर कार्वाही गरिनु पर्ने माग राखेको छ । उक्त मागलाई हालको मदनराज कटुवाल नेतृत्वको समितिले सहयोग पनि गरेका छन् ।

त्यो बेलाको नेतृत्वले गरेको गलत कार्यलाई आफुहरु पनि प्रश्न उठाउने र पिडित सहयोगीदाताहरुका लागि सहयोगमा जुट्ने कटुवाल समितिले जनाएको छ । मलेसियामा प्रवासी उदयपुर एकता समाज सेवा भन्ने नेपालीहरुका सामाजिक संस्था छ । सोही संस्थाले जिल्ला अस्पताल उदयपुरमा विरामी कुरुवाको संरचनामा समस्या देखेपछि विरामी कुरुवाका लागि प्रतिक्षालय बनाईदिने सल्लाह भएको थियो । तर हस्पिटलले थप संरचना बढाउने भनेपछि प्रतिक्षालय बनाउन नमिल्ने भयो । सोही सहयोगलाई अन्य ठाउँमा प्रयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा उनिहरुलाई पठायो । त्यो बेला बीर बहादुर राई सिडियो थियो । राईकै समन्वयमा उक्त रकमलाई प्रयोग गर्न रेडक्रस सोसाईटी उदयपुरमा जोडाईदिन समन्वय गरे । ति प्रवासी समिति र नेपाल रेडक्रस सोसाईटीबिच छलफल र सम्झौता पछि उक्त रकमलाई ब्लड बैँक निर्माणका लागि अक्षय कोष खोल्ने भन्दै निर्णय गरेका थिए । आज १३ बर्ष बित्यो न अध्यक्ष कोष नत रकमकै व्यवस्थापन । प्रवासी एकता उदयपुर समाज र नेपाल रेडक्रस सोसाईटीबीच भएको सम्झाताहरु कुनै पुरा भएको अवस्था छैन । सहयोगीदाताहरुको नाम शिलालेखमा लेखेर राख्ने भनिएको थियो । त्यो पनि नगरेको दाताहरुको गुणासो छ । सहयोगीदाताहरुलाई शिलालेखमा नाम चढाउने आश्वसनमा उठाएको सहयोग छताछुल्ल पारेपछि फेरी ४२ हजार रकम जोडरे ति मलेसियावासीहरुले नै शिलालेख पनि बनाए । तर त्यो शिलालेख पनि रेडक्रसले फुटाएर अलपत्र पारेको भट्राईको आरोप छ ।

उनिहरुले बिदेशामा दुख गर्ने नेपालीको पसिना र रगत जस्तो संवेदनशिल बस्तु सँग खेलबाँड गरेको भन्दै कानुनि उपचार या त पैसा फिर्ताको माग गरिरहेका छन् । बिहिबार मात्रै सहयोगीदाता र हालको सभापति मदनराज कटुवाल लगायतका टोली उक्त बिषय उपर जानकारी गराउन जिल्ला प्रशासन कार्यालय उदयपुर पुगेका थिए ।