
पूर्णपुष्टि/ काठमाण्डौ/ कार्तिक २८ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ ।
आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,झ भट्टराईले भने । थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए ।
