Wednesday, April 29News That Matters

१२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ विद्यार्थी सहभागी, देशभर कती ?

पूर्णपुष्टि, २१ बैशाख ।
आईतबार देखी सुरु कक्षा १२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ जना सहभागी बनेको छ । परिक्षाको लागि उदयपुर जिल्लाको बिभिन्न विद्यालयहरुलाई केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरकी प्राविधिक साहयक मैनाकला लिम्वुका अनुसार परिक्षाका लागि जिल्लामा लिम्चुङबुङ र ताप्ली बाहेक ६ ओटा पालिकाहरुमा १७ ओटा परिक्षा केन्द्रहरु तोकिएको छ ।

त्रियुगा, बेलका, चौदण्डी, कटारी, उदयपुरगढी र रौतामाईमा परिक्षा केन्द्र तोकिएको हो । जस मध्ये सबैभन्दा बढी त्रियुगामा ८ ओटा परिक्षा केन्द्र रहेको छ । त्रियुगामा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, रामजानकि मावि मोतिगडा, जनता मावि देउरी, अम्वेवर मावि राजावास, जनज्योति मावि चुहाडे, त्रियुगा मावि गाईघाट, राष्ट्रिय मावि बगाहा र बाल मन्दिर मावि बोक्सेमा परिक्षा संञ्चालन भैरहेको लिम्वुले बताईन् । यता कटारीको त्रिवेणी मावि र गुँरासे मावि, बेलकाको कोशी जनता मावि र जनता मावि गुरुङ चौरी, चौदण्डीगढीको नारद आदर्श मावि वसाहा, थान पोखरी मावि ज्यामिरे र ज्योति मावि बेल्टार, रौतामाईको मावि मुर्कृची र उदयपुरगढीको पंञ्चावती मावि उदयपुरगढीमा परिक्षा संञ्चालन भैरहेको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार परीक्षामा देशभरको पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी छन् । परिक्षा बिहान ७ बजेदेखी संञ्चालन भएको छ ।