Monday, April 20News That Matters

उदयपुरको कटारीबाट १२ किलो गाँजासहित ३ पक्राउ

पूर्णपुष्टि, कटारी कार्तिक २५ गते ।

उदयपुरको कटारीमा गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध गाँजा किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले कटारी नगरपालिका ४ जहडीबाट सोमबार साँझ इलाका प्रहरी कार्यालय कटारीको टोलीले झण्डै १२ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कटारी नगरपालिका ४ का २० वर्षीय रञ्जित ठाकुर, कटारी ७ का ३९ वर्षीय अरजित तामाङ र कटारी ८ का ५० वर्षीय बिष्णुबहादुर तामाङलाई पक्रेको हो ।

जहडीस्थित एक घरमा लागूऔषध किनबेच भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको टोलीले अन्दाजी साँझ ५ः०० बजे छापा मार्दा उनीहरु रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा र पक्राउ सबैलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।