
पूर्णपुष्टि, २२ असोज ।
उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेमा करिब ६ बजेको समयमा घटना भएको हो । श्रीमान जंग बहादुर तामाङले आफ्नै श्रीमतीलाई हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २९ बर्षिय उर्मिला तामाङको हत्या भएको हो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ताप्ली गाउँपालिकाका ठेगाना भएका उर्मिला र जंग बहादुर तामाङ जलजलेमा भाडामा बस्दै आएको खुलेको छ । घटनाबारे बिस्तिृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
