Friday, May 22News That Matters

उदयपुरको तिनै ओटा क्याम्पसमा शान्तपूर्वक मतदान कार्य सम्पन्न, सबै क्याम्पमा गणना आजबाटै हुने

पूर्णपुष्टि, चैत्र ५ । उदयपुरमा स्ववियु निर्वाचनको मदतान कार्य सबै क्याम्पसहरुमा शान्तपूर्वक सम्पन्न भएको छ । आईबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य ४ बजे सम्पन्न भएको हो ।

जिल्लाको सदरमुकाममा रहेको त्रियुगा बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकाका बसाहामा रहेको नारद आदर्श क्याम्पस गरी तिन ओटा क्याम्पसमा स्ववियु निर्वाचन भएका थिए । यी मध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस सबै भन्दै ठुलो क्याम्पस पनि हो । प्रदेश नं १ स्तरीय युनिभर्सिटी विद्यालय समेत रहेको त्रिजव क्याम्पसमा २१३१ विद्यार्थीहरु भोटर रहेका थिए । जस मध्ये यस विद्यालयमा १०६४ प्रत्यक्ष तर्फ मत खसेको छ भने समानुपातिक तर्फ १०६० मत खसेको निर्वाचन अधिकृत उमेश पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सर्वदलीय बैठको तयारी भैरहेको र बैठक पश्चात तत्काल गणना सुरु गरिने जनाएको छ । यस्तै गरी बरुवा क्याम्पसमा ५०५२ भोटर संख्या रहेकोमा प्रत्यक्ष तर्फ ३२४ मत खसेको निर्वाचन अधिकृत कृपानन्द चौधरीले जानकारी दिए । अधिकृत चौधरीका अनुसार शान्तपूर्वक सम्पन्न निर्वाचन कार्यमा सम्पूर्ण विद्यार्थी संगठनहरुले सहयोग पुराएको जनाए । यस क्याम्पसमा भने समानुपातिक र प्रत्यक्ष दुवै तर्फ बराबरी मत खसेको चौधरीले जनाएको छ । उनका अनुसार बरुवा क्याम्पसमा आजै मतगणना सुरु गरिने जनाईएको छ । सर्वदलीय बैठक बसिरहेको हुँदा बैठक सक्ने वित्तिकै गणना सुरु गरिने उनले जनाए ।

यस्तैगरी बसामा रहेको नारद आदर्श क्याम्पसले पनि आजबाटै गणना सुरु गर्ने भएको छ । त्यहाँका निर्वाचन अधिकृत बाबु काजी थापा मगरका अनुसार २०६ जना भोटर संख्या रहेकोमा प्रत्यक्ष तर्फ १८१ मत खसेको जनाए । यहाँ समानुपातिकमा पनि १८१ नै मत खसेको छ ।