Tuesday, June 9News That Matters

उदयपुरगढीमा भोलीपल्ट मतगणना

पूर्णपुष्टि, वैशाख ३० ।
उदयपुरगढी गाउँपालिकाको मतगणना कार्य भोलीपल्ट विहानदेखि गर्ने निर्णय भएको छ । भोलीपल्ट विहान ६ः३० बजेदेखि गणना सुरु गर्ने निधो गरिएको जनाइएको छ । पालिकामा आजै राती १०ः०० अघिभित्र मै सबै मतपेटिका संकलन भइसकेको छ ।
सो पालिकाको निर्वाचन संयन्त्रले मौसम तथा प्राविधिक कारणले भोलीपल्टबाट गणना सुरु गर्ने निधो गरिएको जनाइएको छ ।
सो पालिकामा ५९ दशमलब ६७ मत खसेको छ । २० हजार २५२ मतदाता मध्ये १२ हजार ८५ मत खसेको छ ।