
पूर्णपुष्टि, ५ असार ।
उदयपुरको गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम बिहिबारदेखी सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय तथा पत्रकार महासंघ उदयपुरको व्यवस्थापनमा तालिम सुरु भएको हो । त्रियुगा उद्योग बाणिज्य संघको कार्यालयमा संञ्चालन तालिममा ३० जना सहभागी छन् । नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको जनाईएको छ । तालिमको सहजीकरण बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले गरिरहेको छ ।

