Monday, April 20News That Matters

उदयपुर प्रहरीले धुमधामका साथ मनायो ६९ औँ प्रहरी दिवस

पूर्णपुष्टि, ३० असोज ।
जिल्ला प्रहरी कार्यालयले उदयपुरले बुधबार ६९ औँ प्रहरी दिवस धुमधामले मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको प्रमुख आथित्यतामा दिवस मनाईएको हो । प्रहरी कर्मचारी, स्थानीय सरकार, संञ्चारकर्मी, पूर्व प्रहरी अमर प्रहरी, व्यपारी, राजनितिक दल लगायतको उपस्थितिमा दिवस मनाईएको हो । दिवसको अवसरमा ब्याडमिन्टन खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण सँगै अमर प्रहरीको परिवार, पूर्व प्रहरी, प्रहरी परिवारको उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान, पुरस्कार र कदर पत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा त्रियुगा नगर प्रमुख वसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, जिल्ला प्रमुख अधिकारी हरि प्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।